जोमसोम— राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) जोमसोम अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी), पत्रकार र स्थानीयलाई जलवायु संम्वन्धि प्रशिक्षक प्रशिक्षण दिईएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमले गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजनाको समन्वयमा मुस्ताङका तीन पालिकाका संरक्षण क्षेत्र व्यवस्थापन समिति, पत्रकार र स्थानीयलाई जलवायु परिवर्तन अनुकुलन र पारस्थितिकिय प्रणाली व्यवस्थापन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो ।
मुस्ताङको घरपझोङ गाउँँपालिका—५ ठिनी स्थित थकाली सामुदायिक होस्टेको सभाहलमा गत सोमबारदेखि चारदिने ‘जलवायु परिवर्तन अनुकुलन र पारस्थितिकिय प्रणाली व्यवस्थापन’ सम्वन्धि सीएमसी सदस्य, पत्रकार र स्थानीयहरुलाई प्रशिक्षकको रुपमा परिचालन गर्ने गरी प्रशिक्षण तालिम आयोजना भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । कार्यालय प्रमुख गुप्ताले जलवायु सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम हासिल गरेको व्यक्तिले जिल्लामा जलवायु परिवर्तन अनुकुल तथा पारस्थितिकिय प्रणाली व्यवस्थापनमा सहजीकरण गर्न सक्ने गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
जलवायु संम्वन्धि प्रशिक्षणमा राष्ट्रिय प्रकृति संरक्षण कोष,गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका क्षमता विकास अधिकृत एवं कार्यक्रमको मुख्य सहजकर्ता सुनिल सापकोटाले प्रशिक्षण दिनुभएको थियो । यसैगरी जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण,अनुकुलन तथा पारस्थितिकिय प्रणाली व्यवस्थापन लगायतका बिषयमा मुस्ताङका सरोकारवाला कार्यालयहरुले सहजीकरण गर्नुभएको थियो ।
जलवायु अनुकुल तथा व्यवस्थापन प्रशिक्षणमा कृषितर्फ शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख पद्मनाथ आत्रेय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा. लालमणि अर्यालय,डिभिजन वन कार्यालय प्रमुख, एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ता, प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओली प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा मुस्ताङका कृषि र भेटेरिनरी कार्यालयका प्रमुख तथा प्रशिक्षकहरुले जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङको कृषि र पशुपालन प्रणालीमा असर पु¥याएको बताएका छन् । जलवायु परिवर्तन असर,चुनौति र अवसरको रुपमा रहेकाले यसको अनुकुलन अपरिहार्य रहेको शीतोष्ण बागावानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जनाउँनुभयो । जलवायु परिवर्तनले मुस्ताङको स्याउले बसाई सर्दै उकालो चढेको र त्यसका अनुकुलनका लागि अन्य प्रजातीका शीतोष्ण फलफूल तथा तरकारी खेती अवसरको रुपमा रहेको बताउँनुभयो । जलवायुले कृषि प्रणाालीका लागि आवश्यक सिचाईको अभाव,हिउँको अभाव र कृषि प्रणालीमा विभिन्न रोगकिराहरु देखा पर्न थालेको प्रशिक्षणमा बताईएको छ ।
यसैगरी जलवायु परिवर्तनले तापक्रम वृद्धि हुँदा पशुचौपायामा विभिन्न रोगसंक्रमण देखा पर्दै जान थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा. लालमणी अर्यालले बताउँनुभयो । जलवायुले गर्दा पशुपालन व्यवसाय चुनौति बनेको उल्लेख गर्दै डा. अर्यालले पशुस्वास्थ्यको चुनौति बढ्दै गएको उहाँको भनाई छ । जलवायुकै कारण खर्क र पाटनको उच्चलेंकमा चरनक्षेत्रमा हिउँ नपर्दा घाँस पलाउन छोडेको र पालन गरिएका पशुचौपायालाई जोगाउन अनुकुलनको उपाय अपनाउन अनुसन्धान र गृहकार्य आवश्यकता रहेको औल्याए ।
प्रशिक्षणका एक्याप प्रमुख राजेश गुप्ताले अन्नपूर्ण संरक्षण क्षेत्र अन्तगत एक्यापले गरेका कामहरुको बारेमा जानकारी दिनुभयो । यसैगरी एक्यापका प्राकृतिक स्रोत तथा सरक्षण सहायक दिपक ओलीले जलवायु सृजित मानव—वन्यजन्तु द्धन्द व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली