मुस्ताङको जोमसोममा लेंक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङको जोमसोममा लेंक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारत स्थित तमिलनाडु राज्यका ६३ वर्षकी  भानु मठ्ठीको आईतबार जोमसोममा लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतबाट भानु म्ठठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आईपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित होटल प्राईड अगाडी गाडीबाट ओरलिने क्रममा मठ्ठीलाई लेंक लागेर अचानक श्वाश÷प्रश्वासमा समस्या देखिन पुगेको थियो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वाश÷प्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पु¥याएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मठ्ठीलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक महतको भनाई छ ।

योसंगै मुस्ताङमा चालु आ.व.को भदौंदेखि यता हालसम्म पाँच विदेशी पर्यटकसहित ८ जनाको हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।प्रहरीको तथ्यांक अनुसार भारतीय पर्यटक चार जना,मेक्सिकोका पर्यटक र तीन जना नेपाली पर्यटकको लेंक लागेर मृत्यु भएको हो ।


प्रतिक्रिया