जोमसोम—हिमाली जिल्ला मुस्ताङमा अत्यधिक रुपमा घरपालुवा तथा अनाधिकृत छाडा कुकुर आतंक बढेपछि कुकुर नियन्त्रण अभियान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त आयोजना तथा केन्द्रिय रिफरल पशु चिकित्सालयको समन्वय सहकार्यमा मुस्ताङका ५ पालिकाका ३४४ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिनसहित स्थायी बन्ध्याकरण गरिएको हो ।

मुस्ताङमा अनाधिकृत रुपमा घरपालुवा तथा छाडा कुकुरको आतंक रोक्न भेटेरिनरी अस्पताल र एक्याप लोमान्थाङले संयुक्त पहल गरेका हुन् । गत कार्तिक २६ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङदेखि सुरु गरिएको कुकुर नियन्त्रण अभियान बुधबार मुस्ताङको थासाङ गाउँपालिकामा पुगेर समापन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ, एक्याप लोमान्थाङसहित संम्वन्धित स्थानीय तहका पशु प्राविधिक र सुरक्षा निकाय लगायतले केन्द्रिय रिफरल चिकित्सालबाट आएका पशु चिकित्सकहरुलाई सघाएको डा. अर्यालको भनाई छ ।
कुकुरलाई रेबिज तथा बन्ध्याकरण गर्नका लागि ड्राट गन र पासो थापेर नियन्त्रणमा लिईएको थियो । कुकुर नियन्त्रण अभियानमा सम्वन्धि क्षेत्रका स्थानीय नागरिकहरुले समेत सहयोग पू¥याएको डा. अर्यालले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली