जोमसोम ।
नेपाल—चीन उत्तरी कोरलानाका स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले दुई अर्व २४ करोड ३ लाख ४१ हजार रुपैया राजश्व संकलन गरेको छ । गत ३१ भदौंदेखि पूर्ण रुपमा संञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजश्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
यहाँ २०८० कार्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाकामा भन्सार गतिविधि आशिंक रुपमा सक्रिय रहेकोमा पूर्ण रुपमा नाकामा ब्यापारिक कारोबारका लागि आयात÷निर्यात खुल्ला गरिएसंगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको थियो । विभागले यहाँको कोरलानाका संञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसंगै कोरलानाकाबाट ब्यापारिक चहल÷पहल बढेको हो ।
भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकोमा दसै अघि १४ असोजसम्म कोरलानाकाबाट आयात÷निर्यातबाट दुई अर्व दुई करोड ९६ लाख राजश्व संकलन भएको थियो । चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु बाहक र विद्युतीय कारहरुको जाँचपास चलिरहदा दसै बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैपछि मुस्ताङ भन्सार कार्यालयको सेवा संञ्चालनमा आएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।
हालसम्म यहाँको मुस्ताङ भन्सार कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँचपास भईसकेर गन्तब्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्का भनाई छ । यसैगरी चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ वटा विद्युतीय कारहरुको भन्सार जाँचपास भईसकेको भन्सार प्रमुख खड्काको भनाई छ । यता नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँच वटा मालबाहक यहाँको भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको उहाँले उल्लेख गर्नुभयो ।
यहाँको मुस्ताङ भन्सार कार्यालयमा दसैंपछि थप बाईस करोड दुई लाख रुपैया भन्सार कार्यालयले जनाएको छ । दसै बिदापछि खुलेको भन्सार कार्यालयमा थप २२९ वटा विद्युतीय कार र १२ वटा मालबाहकको भन्सार जाँचपास भएको जनाईएको छ ।
यहाँको कोरलानाकाबाट हुने ब्यापारिक आयात ÷निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवा सुविधामा बाह्रै महिना संञ्चालन गर्न निकै कठिन देखिन्छ । समून्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाईमा अवस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मंसिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात÷निर्यात लगायत भन्सार कार्यालयको सेवा संञ्चालनमा उत्तिकै चुनाति हुने देखिन्छ । नाकामा मालबस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरु मौसम प्रतिकुलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने र सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेसी झने परम्पराले गर्दा नाका संञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।
त्यो त नाकामा नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रुपमा संञ्चालन गर्नमा चुनौति हुने भन्सार प्रमुख खड्काले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली