मुस्ताङ — ग्लोबल मनी विक 2026 (Global Money Week 2026) को अवसरमा Rastriya Banijya Bank Limited मुस्ताङ शाखाले मुस्ताङ जिल्ला सदरमुकामस्थित Janahit Secondary School मा सन्देशमूलक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयका करिब ३० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई बचत गर्ने बानी विकास, जिम्मेवार रूपमा खर्च गर्ने तरिका, तथा डिजिटल बैंकिङ सेवाको सुरक्षित प्रयोग सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
बैंकका प्रतिनिधिहरूले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै सानै उमेरदेखि नै सही आर्थिक व्यवहार अपनाउनुपर्नेमा जोड दिएका थिए। “Smart Money Talks” भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई पैसाको सही प्रयोग र भविष्यका लागि बचत गर्न प्रेरित गरिएको थियो।
कार्यक्रम अन्तर्गत प्रश्नोत्तर, छलफल तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो जसले विद्यार्थीहरूलाई वित्तीय विषयप्रति थप सचेत बनाएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि हुनुका साथै व्यवहारिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम अन्त्यमा सहभागी विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सन्देशमूलक सामग्री वितरण गरिएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता