मुस्ताङमा नेपाली सेनाको दुईदिने हाईअल्टिच्युड सर्च एण्ड रेस्क्यु अभ्यास सुरु भएको छ ।यहाँको घरपझोङ गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको ईन्दबक्स गणको आयोजनामा बिहिबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो ।
उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी,अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने संम्भावित जोखिम तथा दुर्घटना न्यूनिकरणका साथै खोज तथा उद्दारकार्यमा सहज पु¥याउने उद्देश्यले यहाँको नेपाली सेनाको ईन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।
यहाँ आयोजित हाईअल्टिच्युड सर्च एण्ड रेस्क्यु अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित ईन्द्रबक्स गण जोमसोम र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिव ५५ जना भन्दा बढीको सहभागी रहेको ईन्द्रबक्स गणले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्दार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धी गर्ने र यसप्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्दारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सीप र कलाको विकासले खोज तथा उद्दारमा सहयोग पु¥याउने ईन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिनुभयो । खोज तथा उद्दार अभ्यास अन्तर्गत हिमनदी र पर्वतीय खोचमा पसेका यात्रीहरुलाई सुरक्षित रुपमा उद्दार गर्ने लगायतका अभ्यास हुने उहाँको भनाई छ ।
यहाँ आयोजित सर्च एण्ड रेस्क्यु अभ्यास अन्तर्गतको पहिलोदिन जोमसोम स्थित ईन्द्रबक्स गणको नजिकै रहेको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी रेस्क्यु अभ्यास गरिएको हो । यसैगरी अभ्यासको दोस्रोदिन शुक्रबार घरपझोङ गाउँपालिका—५ स्थित सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा रेस्क्यु अभ्यास हुने ईन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समून्द्री सतहको ४००० मिटरको उचाईमा रहेको छ । हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीहरुको खोज तथा उद्दारकार्यको कृतिम अभ्यास गरिने जनाईएको छ ।
हाईअल्टिच्युड सर्च एण्ड रेस्क्यु अभ्यास कार्यक्रमको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथि भोलानाथ थापा,२३ नंं बाहिनीका बाहिनीपति एवं सहायक रथि विजय केशी,सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशिल प्याकुरेल र ईन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडले अवलोकन गर्नुभएको थियो ।
यसैगरी अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म र जिल्लाप्रहरी कार्यालय मुस्ताङका सुरक्षा प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
उच्च उचाईको क्षेत्रमा गरिने यसप्रकारका खोज तथा उद्दार अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको उद्दारकार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली