जोमसोम— हिमाली जिल्ला मुस्ताङको थासाङ, घरपझोङ र मुत्तिनाmक्षेत्रमा शनिबार दिउँसो आशिंक वर्षा र हिमपात भएको छ । मुस्ताङको मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ गाउँपालिका क्षेत्रमा वर्षा र हिमपात भएको हो ।
फागुनको दोस्रो सातामा उपल्लो मुस्ताङमा आशिंक हिमपात भएको थियो । तर, तल्लो मुस्ताङमा योसिजन हिमपात हुन सकेको थिएन । ढिलै भएपनि यो वर्षको बेमौसमी वर्षासहितको हिमपातले कृषकहरुले थोरै भएपनि राहत पुगेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा हिमपात नहुँदा सिंचाईको पहुँच नपुगेका खेतीयोग्य जमिनहरु बाँझो रहेकोमा आज परेको आशिंक वर्षासहितको हिमपातले यहाँका किसानलाई केही हदसम्म राहत पुगेको केन्द्र प्रमुख गुरुङको भनाई छ । केन्द्र प्रमुख गुरुङले वर्षासंगैको आशिंक हिमपातले कृषकहरु अन्नबाली उवा,फापर जौ,आलु ,बोडी र सिमी लगायतका बालीलाई चिस्यान पूर्ती गर्न टेवा पुगेको जनाउँनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा वर्षा र हिमपात भएको थासाङ—५ कुञ्जोका स्थानीय धिरेन्द्र ल्वागुनले जानकारी दिनुभयो । ‘ यो वर्ष अनुकुल मौसममा समेत हिउँ पर्न सकिरहेको थिएन,आज दिउँसो करिव १ घण्टासम्म आशिंक वर्षा र हिमपात भयो,’ स्थानीय ल्वागुनले भन्नुभयो,‘ बेमौसमी आशिंक हिमपात र वर्षा हुँदा किसानलाई फाईदै भएको छ । वर्षा र हिमपातले जमिनलाई चिस्यान भर्न केही भएपनि सहयोग पुगेको छ ।’ स्थानीय ल्वागुनले अनुकुल समयमा हिउँ नपरेको र जमिनको तापमान वृद्धि भईसकेकाले आज परेको हिउँ जम्न नसकेको जानकारी दिनुभयो ।
मुस्ताङको घरपझोङ—५ निवासी स्थानीय ममिता थकालीले घरपझोङको उच्चलेकमा हिमपात र वस्ती क्षेत्रमा आशिक वर्षा भएको जानकारी दिनुभयो ।यसवर्ष अनुकुल समयमा हिउँ नपर्दा किसानहरुको खेतीयोग्य जमिन बाँझो रहेकाले एक साता अघि लामा राखेर प्रकृति पुजा गरेको बताउँनुभयो । ‘हाम्रा खेतबारी हिउँ नपर्दा बाँझो परेकोे थियो, हिउँ पार्न पूर्णिमाको दिनमा प्रकृति पुजा ग¥यौं,’उहाँले थप्नुभयो,‘ सायद प्रकृति पुजा गरेरै हाकी ढिलै भएपनि आशिक वर्षा र हिमपात भईदियो ।’
थासाङ गाउँपालिका—२ सौरुका स्थानीय कृषक सोजन हिराचनले आज परेको वर्षा र हिमपातले कृषक बर्गलाई ठुलो राहत पुगेको जानकारी दिनुभयो । उहाँले खडेरीले सुकेका बाँझो जग्गालाई चिस्यान भर्न हिउँ र वर्षाले ठुलो काम गरेको उल्लेख गरे ।
यसैगरी वारागुङ —१ मुक्तिनाथ क्षेत्रमा पनि आज आशिंक हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । हिउँ परेपनि जमिन तातिसकेकाले हिउँ जमिनमा थेग्रिन नसकेको उहाँले बताउँनुभयो ।
मुस्ताङको तल्लो क्षेत्रमा आशिंक वर्षासहितको हिमपात भएपनि उपल्लो मुस्ताङमा हिमपात नभएको लोघेकर दामोदरकुुण्ड गाउँपालिकाकी प्रशासन प्रमुख शोभा पुनले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता