मुस्ताङको स्याउसंग घरपझोङ गाउँपालिकाको कनेक्सन

मुस्ताङको घरपझोङ गाउँपालिकाले स्याउ खेतीलाई विशेष प्राथमिकता दिएको छ । पालिकालाई स्याउ हवको रुपमा पहिचान स्थापित गर्न पालिका जुटेको हो । स्याउ खेतीका माध्यमबाट स्थानीय कृषकलाई प्रोत्साहित गर्ने र स्याउ खेतीको प्रचार÷प्रसारमा जोड दिंदै मुस्ताङको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउन स्याउलाई पर्यटनसंग जोड्दै विभिन्न सृंजनात्मकार्यमा अग्रसर देखिएको हो ।

मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती गरिएको छ ।जिल्लामा कुल १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिने गरेको छ । मुस्ताङका पाँच स्थानीय तहमा स्याउ खेती गरिएको भएपनि सबै भन्दा बढी स्याउ उत्पादन हुने स्थानीय तह हो घरपझोङ गाउँपालिका । ‘क्या राम्रो स्याउ बारी मार्फा गावै’मा बोल गीतले मार्फा गाउँलाई ब्रान्ड स्थापित गरायो । यही स्याउ हबले परिचित गाउँ पनि घरपझोङ गाउँपालिका भित्रै पर्छ । घरपझोङ गाउँपालिकाको मार्फा गाउँसंगै, स्याङ, छैरो, चिमाङ, जोमसोम, ठिनी, सम्ले र ढुम्बा लगायतका गाउहरुमा बग्रेल्ती माात्रामा स्याउ उत्पादन हुन्छ । त्यसो त मुस्ताङको घरपझोङ गाउँपालिका स्याउ खेतीसंगै पर्यटनमा समेत निकै अगाडी छ । गाउँपालिकाले संकलन गर्ने मुख्य आम्दानीको श्रोतमा यहाँको स्याउ खेती र पर्यटन व्यवसायबाट उठाईने आन्तरिक राजश्वनै हो ।

 यही स्याउ खेतीको थप बृहत्तर विकासका साथै पर्यटन व्यवसायलाई माथि उठान घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन निकै अग्रसर देखिएका छन् । अध्यक्ष लालचनकै परिकल्पना अनुसार घरपझोङ गाउँपालिकाले आफ्नो भव्य प्रशासकीय भवनको अगाडी स्याउकै आकृतिमा करिव १२ फिट अग्लो स्वागत गेट निर्माण गरेको छ । घरपझोङ गाउँपालिकाले गत आ.व.को विनियोजित ९ लाख लागतबाट प्रशासकीय भवन अगाडी भव्य स्याउ आकृतिको स्वागत गेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका साथै पालिका अवलोकन गर्ने अतिथिहरुलाई स्याउको राजधानी अवस्थित रहेको पालिका भनी परिचित गराउन स्याउ आकृतिको स्वागत गेट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नुभयो । ‘मुस्ताङको घरपझोङ स्याउको राजधानी हो, यही ब्रान्डलाई पर्यटक सामु चिनाउन खोजिएको हो,’प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो,‘ यसले पालिका भित्रका कृषकहरुले गर्व गर्न सकुन् र पर्यटन विकासमा समेत योगदान पुगोस् भन्नेनै हो ।’ घरपझोङले स्याउ खेतीलाई प्रर्वद्धन गर्न स्याउलाई पालिकाको लोगोमा समेत समेटिएको उहाँले बताउँनुभयो ।

 त्यसो त मुस्ताङको स्याउलाई ब्रान्ड स्थापित गर्दै यहाँको पर्यटन विकासमा सघाउ पु¥याउन पालिका भित्रका विभिन्न पर्यटकीय गन्तब्य तथा गाउहरुमा जाने गन्तब्य पहिल्याउन स्याउकै आकृतिमा साईन पोस्टिङ समेत गरिएको छ । पालिका अध्यक्ष मोहनसिंह लालचनको निजी खर्चमा घरपझोङ गाउँपालिकाका ५ वटै वडाहरुमा स्याउ आकृतिको साईन पोस्टिङ गर्ने अभियान सुरु भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

घरपझोङ अध्यक्ष लालचनले स्याउ खेती र पर्यटन विकासले पालिकालाई समृद्धि पालिका बनाउन सकिन्छकी भनेर स्याउको पहिचान स्थापित गर्न जुटेको बताउँनुभयो ।  गाउँपालिकालाई स्याउसंग जोड्ने गरी पालिकाका ५ वडाका घरधुरीहरुमा स्याउकै आकृतिमा घरका नम्बरहरु टाँस्ने कार्यक्रम समेत सम्पन्न भएको जानकारी दिनुभयो । यस स्याउको आकृृती राखिएको साईन पोस्टिङले पर्यटकलाई आफुले चाहेको गन्तब्यमा पुग्न सहजता हुने अध्यक्ष लालचनको भनाई छ । ‘केही स्थानमा साईन पोष्टिङको काम बाँकी छ ,’अध्यक्ष लालचनले भन्नुभयो,‘ अब बाँकी रहेका स्थानमा पनि साईन पोष्टिङ गर्ने काम गर्नेछौं ।’

 मुस्ताङमा चालु आ.व.मा  ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ८३ करोडको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । ———


प्रतिक्रिया