चराङमा चार्जिङ स्टेसन स्थापना

 चराङमा चार्जिङ स्टेसन स्थापना

जोमसोम ।

जोमसोम—कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा विद्युतीय सवारी साधनहरुलाई लक्षित गरी चार्जिङ स्टेसन स्थापना गरिएको छ । यहाँ कोरलाबाट आयात गर्ने विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा पु¥याउने गरी ओमडा एण्ड जेको नेपाल कम्पनीले स्टेसन स्थापना गरेको हो ।

 कम्पनीले नेपाल—चिन उत्तरी सिमानाका कोरलाबाट विद्युती सवारी साधन आयात गरिने व्यवस्था सुनिश्चितता भएसंगै यहाँ विद्युतीय सवारी चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको कम्पनीका प्राविधिक  कृष्ण पोखरेलले जानकारी दिनुभयो । यहाँ नेपाल विद्युत प्राधिकरणको हाई भोल्टेज अर्थात ३३ केभी लाईन नभएकाले तत्कालका लागि नर्मल प्रकारको चार्जिङ स्टेसन स्थापना गरेको कम्पनीका प्राविधिक पोखरेलको भनाई छ । यहाँ कोरलानाकाबाट विद्युत सवारी साधन आयात गर्दा तथा उपल्लो मुस्ताङ आउजाउ गर्ने पर्यटकहरुको सुविधाका लागि विद्युतीय चार्जिङ स्टेसनले निकै ठुलो योगदान पु¥याउने उहाँको भनाई छ ।

चिनबाट आयात गरिएका विद्युतीय सवारी साधन मुस्ताङको न्हेचुङ भन्सार कार्यालयसम्म आईपुग्दा उक्त विद्युतीय साधनमा २५ देखि ३० प्रतिशतसम्म चार्जिङ सन्चित रहने भएकाले त्यहाँबाट चराङमा स्थापना गरिएको चार्जिङ स्टेशनसम्म ल्याई पु¥याउन कुनै समस्या नहुँने कम्पनीका प्राविधिक पोखरेलले उल्लेख गर्नुभयो । यहाँ ३३ केभी विद्युत प्रशारण लाईन विस्तारको क्रममा रहेकाले त्यहाँको न्हेचुङ भन्सार लगायत आवश्यक स्थानहरुमा पनि तीब्र गतिको हाई भोल्टेज चार्जिङ स्टेशन स्थापना गर्ने योजना रहेको छ । यसका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसंग निरन्तर छलफल र सम्वाद भईरहेको कम्पनीका प्राविधिक पोखरेलले जनाउँनुभयो । कोरलानाकासम्मको सडकको आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ स्टेशन जरुरी रहेको र यसले स्थानीयको रोजगारी सृजना हुने र यसबाट पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउने कम्पनीका प्राविधिक पोखरेलले स्पष्ट पार्नुभयो । उहाँले यहाँ स्थापना गरिएको चार्जिङ स्टेशन चिनबाट आयात गरिने विद्युतीय सवारीका लागि मात्रै नभई कोरलानाका पुग्ने पर्यटकलाई पनि सहज हुने बताउँनुभयो ।

 कोरला सडकको चराङमा ओमडा एण्ड जेको नेपाल कम्पनी विद्युतीय सवारी आयात गर्ने एक कम्पनी हो । यसले नेपालका विभिन्न स्थानमा गरी ३५ वटा विद्युतीय सवारी चार्ज गर्ने स्टेशन सञ्चालनमा ल्याईसकेको छ । यहाँ पनि सकभर स्थानीयबाट चार्जिङ स्टेशन संञ्चालन होस भन्ने कम्पनीको मान्यता रहेको र स्थानीयबाट ंसंञ्चालन हुनसक्ने अवस्था नरहेमा कम्पनी आफैले व्यवस्था गरिदिने गरेको कम्पनी प्राविधिक पोखरेलको भनाई छ । उहाँले चराङमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन संञ्चालन गर्न ८ लाख रुपैया बढीको उपकरण सामाग्री व्यवस्था गरेको जनाउँनुभयो । चराङमा त्यहाँका वडाध्यक्ष टै ढिन्डुक ठकुरीको जग्गामा चार्जिङ स्शेशन स्थापना गरी उहाँलाई नै संञ्चालनको जिम्मा दिईएको हो ।

बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उक्त विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो । उहाँले पछिल्लो समय विद्युतीय सवारी साधनको माग बढेको र यहाँको रुटमा समेत विद्युतीय सवारी धेरै मात्रामा गुड्ने गरेकाले उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्ने सवारी साधनका लागि निकै ठुलो सहयोग मिलेको बताउँनुभयो । यहाँ जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्शेटन नहुँदा मुस्ताङ आएका पर्यटकहरुले विद्युतीय सवारी जोमसोममै छोडेर ईन्धनका सवारी भाडामा लिएर यहाँ आउने गरेकोमा अब त्यस्तो समस्याको अन्त्य भएको अध्यक्ष बिष्टको भनाई छ ।‘

हालै मात्र यहाँको ब्यापारिक नाका पूर्ण रुपमा संञ्चालन आएकाले चाईनाबाट भित्रिने विद्युतीय सवारीसाधनलाई समेत यसले चार्जिङ सेवा पु¥याउने बताउँनुभयो । उपल्लो मुस्ताङमा विद्युतीय सवारी साधनको प्रयोग र चार्जिङ सेवाले जलवायु क्षतिलाई न्यूनिकरण गर्ने र वातावरणीय प्रदुषणलाई समेत न्यूनिकरण गर्न योगदान पु¥याउने अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया