यहाँ स्थित कालिगण्डकी नदीले बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी श्राद्ध स्थल नजिक कालिगण्डकी नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका—५ बस्ने ३२ वर्षीय बिमला गौलीसहित १२ जनाको टोली शनिबार मुस्ताङको कागबेनी श्राद्धस्थलमा श्राद्ध गर्न पुगेका थिए । उक्त स्थानमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण गौली कागबेनी श्राद्धस्थलबाट अचानक हराई बेपत्ता भएका थिए ।
हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी टोली पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको विपद् टोलीले हराएर बेपत्ता बालकको खोजतलासमा खटिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजतलास गर्दै जाँदा कागबेनी श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालिगण्डकी नदी किनारामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।
अचेत अवस्थामा फेला परेका बालकको उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाईएकोमा बालकको स्वास्थ्य चेकजाँच गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक महतले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता