मुस्ताङमा एमाले निकट अञ्जु बनीन् स्ववियु सभापती

मुस्ताङमा एमाले निकट अञ्जु परियार स्ववियु सभापती बनेकी छिन् ।  उनलाई एमाले, काग्रेस र एकिकृत समाजवादी निकट विद्यार्थी संघ÷संगठनले सहमतीमा मुस्ताङको जोमसोम स्थित तेजनिरला जनहित बहुमुखि क्याम्पसको सभापतीमा सर्वसम्वत निर्वाचित गरेसंगै सभापती पदमा निर्वाचित भएकी हुन् ।

 देशका ७७ वटै जिल्लामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यतालिका यसअघिनै सार्वजनिक भईसकेको छ । कार्यतालिका अनुसार आज सोमबार  उम्मेदवार मनोनय फाराम वितरण गर्ने दिनमा क्याम्पस निर्वाचन कमिटीमा दर्ता भएका संघ÷संगठनबिच सौहाद्रपूर्ण सहमतीको प्रयास भएको हो । सोही सहमती अनुसार ९ सदस्यीय कार्यसमितिमा समेत सम्मानजनक हैसियत रहने गरी पदाधिकारी तथा सदस्यहरुको पद बाँडफाँड गरिएको हो । जसअनुसार एमाले निकट अनेस्ववियुले सभापतीसहित ४, कांग्रेस निकट नेविसंघले उपसभापतीसहित ४ र एकिकृत समाजवादी निकट अनेरास्ववियूले १ पद पाएका छन् । सहमतीमा एमाले निकट अनेरास्ववियुतर्फका प्रतिनिधि पेमा छेतेन विक, कांग्रेस निकट नेविसंघबाट प्रतिनिधि रुपिका थकाली र एकिकृत समाजवादी निकट अनेरास्ववियूबाट प्रतिनिधि आदित्य रसाईलीले निर्वाचन कमिटीसंग सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

एमाले निकट अनेरास्ववियुकातर्फबाट धिरज परियार सहसचिवमा निर्वाचित भए । सदस्यहरुमा अशोक भण्डारी र कमल गुरुङ चयन भए ।

कांग्रेस निकट नेविसंघबाट सुदिप भर्ती थकाली (उपसभापती) पदमा निर्वाचत हुँदा नेविसंघबाटै निशा गौचन कोषाध्यक्षमा सर्वसम्वत निर्वाचित भईन् । नेविसंघमा सदस्यमा मनिका विक निर्वाचित भईन् । एक सदस्य पदमा भने एकिकृत समाजवादी निकट अनेरास्ववियूका  देवराज लामिछाने निर्वाचित भए ।

  स्ववियु निर्वाचन कमिटीले सोमबार साँझ ९ सदस्यीय पदाधिकारी तथा सदस्य निर्वाचित भएको सार्वजनिक घोषणा गरेको छ । स्ववियु निर्वाचन कार्यतालिका बमाजिम दर्ता भएका संघ÷संगठनबिचको सहमतीपछि मुस्ताङमा तेजनिरला जनहित बहुमुखि क्याम्पसको स्ववियु निर्वाचन सर्वसम्वत सम्पन्न भएको क्याम्पस निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीले जानकारी दिए । योसंगै मुस्ताङबाट स्ववियु निर्वाचन सम्पन्न गर्ने पहिलो क्याम्पस मुस्ताङको तेजनिरला जनहित बहुमुखि क्याम्पस बनेको हो ।


प्रतिक्रिया