तस्विर : प्रमोदराज रेग्मी / उदय तिमिल्सिना
जोमसोम— उपल्लो मुस्ताङको सबैभन्दा ठृलो र महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व तिजी अवलोकनका लागि उल्लेख्य विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका छन् । तिजी पर्वको रौनकताले उपल्लो मुस्ताङको लोमान्थाङमा चहल÷पहल ह्वात्तै बढेको छ ।
विदेशी पर्यटकका लागि नेपालकै सबैभन्दा महंगो र खर्चिलो पर्यटकीय गन्तव्य मध्ये उपल्लो मुस्ताङ अग्रपंक्तिमा पर्छ । अन्नपूर्ण सरक्षण क्षेत्रआयोजना (एक्याप)अन्र्तगत रहेको उपल्लो मुस्ताङ विदेशी पर्यटकका लागि निषेधित तथा नियन्त्रित क्षेत्र हो । यहाँको भ्रमण गर्न विदेशी पर्यटकले महंगो शुल्क सरकारलाई बुझाउनु पर्नेहुन्छ । यसैले यस स्थानमा विदेशी भीआईपी पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्ने विदेशी बाहेक सामान्य स्तरका विदेशी चर्को रोयल्टीका कारण माथि उक्लिन सक्दैनन् । यहाँ जान नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई १० दिनको प्रवेश अनुमती स्वरुप ५ सय डलर बुझाउनुपर्ने हुन्छ । जुन रकम ६६ हजार ५ सय हुन्छ । यसलाई दैनिक हिसाब लगाउँद अनुमती शुल्क मात्रै ६ हजार ६५० हुन्छ ।

आजबाट शुभारम्भ भएको तिजी पर्व अवलोकनका लागि पछिल्लो एक साताको अवधिमा ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कार्यालय प्रमुख रेग्मीका अनुसार तिजी पर्व अवलोकन गर्न १५ जना सार्क देशका र ४५७ जना तेस्रो मुलुकका फरेनर विदेशी रहेका छन् ।
तिजी पर्व शुभारम्भ हुन अघिको एकसाताको अवधिमा उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटक मध्ये १०४ जना उपल्लो मुस्ताङबाट बाहिरीएका छन् । जसमध्ये १२ जना सार्क र ९२ जना तेस्रो मुलुकका फरेनर विदेशी पर्यटक छन् ।
तिजी पर्वको सेरोफेरोमा उपल्लो मुस्ताङ पुगेका ४७२ जना पर्यटकबाट २ लाख ३६ हजार अमेरिकी डलर अर्थात नेपाली रुपैया ३ करोड १३ लाख ८८ हजार नेपाल सरकारले राजश्व संकलन गरेको हो । उपल्लो मुस्ताङको पृथक भूगोल ,प्राकृतिक सौन्दर्यता, ऐतिहाँसिक ,धार्मिक तथा पुरातात्विक सम्पदा , तिब्बतीयन कलासंस्कृति र मौलिकता नियाल्न विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गर्छन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता