मुस्ताङ, १६, भदौं ।
मुस्ताङमा एक युवाले धारिलो हतियारले टाँउकोमा प्रहार गर्दा एक युवा घाईते भएका छन् । सोमबार राति करिव १२ बजेको समयमा घरपझोङ—२ मार्फा बस्ने २८ वर्षीय रोशन मगरले सोही ठाउँ बस्ने २८ वर्षीय राजेन्द्र परियारलाई धारिलो हतियार (दाउ)ले टाँउकोमा प्रहार गर्दा परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरी निरीक्षक ईश्वर महतका अनुसार धारिलो हतियार प्रयोग गरी युवाले अर्को युवालाई घाईते तुल्याएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरी टोली घाईते युवालाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल जोमसोम पु¥याएको थियो । प्रहरीको विवरण अनुसार घटनामा संग्लन युवाहरु दुबै जनाले मादक पदार्थ सेवन गरेको उल्लेख छ ।
प्रहरी निरीक्षक महतका अनुसार धारिलो हतियारले प्रहार भई घाईत भएका परियारलाई प्रदेश अस्पताल जोमसोमबाट थप उपचारका लागि पोखरा स्थित मेट्रो—सिटी अस्पतालमा पठाईएको छ ।
घटनामा संग्लन धारिलो हतियार प्रहार गर्ने युवा रोशन मगरलाई घटनामा प्रयोग भएको दाउसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता