जोमसोम— उपल्लो मुस्ताङमा साहसिक पर्वतीय खेल मैदान निर्माण गर्ने चरणमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।
सोमबार पोखरामा
आयोजित चौथो टाईगर कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले
साहिसक खेलका माध्यमबाट प्रदेश बाहिरका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका
खेलाडीलाई आर्कर्षित गर्दै शीप विकासको आदान÷प्रदान,प्रचार—प्रसार गर्ने र यहाँको खेल र
पर्यटनलाई संगसंगै विकास गर्दै लग्ने नीति प्रदेश सरकारले लिएको बताए ।
टाईगर ग्रप
अफ पोखराको आयोजनामा संञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा मुख्यमन्त्री
पाण्डेले खेल क्षेत्रलाई पर्यटनसंगसंगै
जोड्न सकियो भने मात्र गण्डकी प्रदेशको
पर्यटन विकास उच्च तहमा पु¥याउन
सकिने उल्लेख गरे । गण्डकी प्रदेश साहसिक खेल पर्यटनको खोजीमा रहेको र यसका लागि
उपयुक्त स्थान उपल्लो मुस्ताङ भएको कार्यक्रममा बताए । ‘ हामी साहसिक खेलका लागि सम्भावनाको
खोजीमा छौं,’
मुख्यमन्त्री
पाण्डेले भने,‘
संसारकै
अग्लो उचाईको स्थान उपल्लो मुस्ताङमा साहसिक खेल पूर्वाधार बनाईने छ, यसका लागि हामी निर्माणको चरणमा
प्रवेश गरिसकेका छौं ।’ खेल
क्षेत्रमा निरासा नहुँने गरी गण्डकी सरकारले आवश्यक बजेट विनियोजन गरिएको
मुख्यमन्त्री पाण्डेको भनाई छ ।
गण्डकी सरकारले यहाँबाट राष्ट्रिय तथा
अन्तराष्ट्रिय खेल खेल्न पाउँने गरी खेल क्षेत्रको सुधार र विकास गर्न आवश्यकता
रहेको मुख्यमन्त्री पाण्डेले औल्याए । गण्डकी सरकारले सीमित श्रोस साधनका बावजुद
खेल क्षेत्रको विकासका लागि केही याजनाहरु अघि बढाईसकेको मुख्य मन्त्री पाण्डेले
खुलाए । आगामी आर्थिक वर्ष खेलक्षेत्रको विकास र सक्षम खेलाडीहरु तयार गरी सबै
प्रतियोगिताहरुको आधार तयार गरिने मुख्यमन्त्री पाण्डेको भनाई छ । राष्ट्रर प्रदेश
क्षेत्रको खेल क्षेत्रमा योगदान पू¥याउने खेलाडी तथा खेल सम्वद्ध व्यक्तिहरुलाई गण्डकी प्रदेश
सरकारले सम्मान गर्ने र खेलाडीहरुलाई यसै वर्षदेखि मासिक प्रोत्साहन भत्ताको
व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले यहाँ सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजनामा रहेको भएपनि त्यसका लागि अझै उपयुक्त जग्गा प्राप्त हुन नसकेको बताए । उनले क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि केही बजेट सुनिश्चित गरिएको उल्लेख गरे । ।
https://www.facebook.com/mustangdairy/posts/pfbid02b7r8VKn5oJezg5CkyHb8KyZEqBzY3YkL55XiMpktg3YAYoN4b2keZDzBJqLTkJucl
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली