एपिएफद्वारा मुक्तिनाथको सरसफाई

जोमसोम ।

  मुस्ताङ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म हेडक्वाटरद्वारा हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरको बृहत सरसफाई गरेको छ । सशस्त्र प्रहरीको २५ औं स्थापना दिवस २०८२ को पूर्वसन्ध्यामा मंगलबार बिहान यहाँ स्थित सशस्त्र प्रहरी टोलीले  मुक्तिनाथ मन्दिरको बृहत्त सरसफाई गरेको हो ।

यहाँ स्थित सशस्त्र प्रहरी निरीक्षण सुरज श्रेष्ठको कमाण्डमा जोमसोमबाट गएको सशस्त्र प्रहरीका पन्ध्र जना सुरक्षाकर्मीले मुक्तिनाथ मन्दिर क्षेत्रको बृहत्त सरसफाई गरेका हुन ।

सशस्त्र प्रहरीको २५ औं स्थापना दिवस ९ माघमा पर्छ । यद्यपी यहाँ सशस्त्र प्रहरीले प्रदेश सशस्त्र प्रहरीको  प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथको सरसफाई गरिएको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार दिनहु सयौं धार्मिक भक्तजनहरुले दर्शन गर्ने धार्मिक तिर्थस्थललाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याएर यहाँ आएर मुक्तिनार्थ दर्शन गर्ने भक्तजनहरुको धार्मिक क्रियाकलापलाई सहज बनाउन सशस्त्र प्रहरीले मुक्तिनाथ र आसपासका क्षेत्रहरुको बृहत्त सरसफाई गरेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले उल्लेख गर्नुभयो ।


मन्दिर क्षेत्रको सरसफाईका क्रममा यहाँ सशस्त्र प्रहरीका सुरक्षाकर्मीले झक्तजनहरुले मिल्काएको फोहोरमैला संकलन गरी कुहिने फोहोरलाई नष्ट गरेको र नकुहिने फोहोरलाई डस्मिनमा राखेर व्यवस्थापन गरेका छन् । कुटो कोदालो,सावेल र कुचो लगायतका घरेलु उपकरण लिएर गएको सशस्त्र प्रहरीका सुरक्षाकर्मीले मुक्तिनाथ मन्दिररको तल्लो गेटदेखि माथिल्लो गेटसम्मको सिंडी बाटो, मन्दिर परिसर,स्नानकुण्ड, १०८ धारा, बुद्ध पार्क र ज्वालामाई रहेको स्थानमा बृहत्त सरसफाई गरेको मुक्तिनाथ विकास समितिका कार्यालय प्रमुख दिनेश भुसालले जानकारी दिनुभयो ।

प्रमुख भुसालका अनुसार हिउँदयामको प्रिितकूल मौसममा समेत यहाँका ३८०० मिटरको उचाईमा अवस्थित मुक्तिनाथ मन्दिरमा सशस्त्र प्रहरीका सुरक्षाकर्मीले चिसोको परवाह नगरी मुक्तिनाथ मन्दिर क्षेत्रको बृहत सरसफाई गरेको हो ।


 यसैगरी हिमाली जिल्ला मुस्ताङमा यहाँ स्थित सशस्त्र प्रहरीले धार्मिक स्थल तथा पर्यटकीय गन्तब्यहरुको सरसफाई,शान्ति सुरक्षा, विपद् जोखिम न्यूनिकरण, विपद् उद्दार तथा व्यवस्थापन, सीमा सुरक्षा लगायत सामाजिक कार्यहरुको सृजनात्मक कार्यक्रमहरु संञ्चालन गर्ने गरेको छ ।


यहाँ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म हेडक्वाटरमा १५० जनाको दरबन्दी रहेकोमा करिव ८० जना कार्यरत छन् । यसैगरी नेपाल—चिन कोरलानाका स्थित सीमा सुरक्षाका लागि लोमान्थाङ—२ नेचुङमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा एक जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको दरबन्दी छ ।


प्रतिक्रिया