मुस्ताङ,११, असार ।
हिमाली जिल्ला मुस्ताङमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यास गरेको छ । यहाँको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म हेडक्वाटर जोमसोमको आयोजनामा बुधबार घरपझोङ—४ जोमसोम स्थित कालिगण्डकी नदीमा विपद् प्रतिकार्य कृतिम अभ्यास संम्पन्न गरेको हो ।
यहाँ सशस्त्र प्रहरीद्वारा सञ्चालित पाँचदिने विपद् व्यवस्थापन अनुशिक्षण तालिम अन्तर्गत यहाँको कालिगण्डकी नदीमा विपद व्यवस्थापन सम्वन्धी कृतिम अभ्यास आयोजना गरिएको हो ।
सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यासका क्रममा यहाँको कालिगण्डकी नदी तथा खोलामा बगिरहेको नागरिकको सुरक्षित उद्दार गर्ने सम्वन्धी व्यवहारिक कृतिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा विपद् प्रतिकार्य कृतिम अभ्यासमा खटिएका प्रशिक्षार्थीहरुलाई विपदको अवस्थामा अपनाउनु पर्ने सुरक्षा सावधानी,उद्दार सामग्रीको समुचित प्रयोग तथा नदीको तीब्र बहावमा फसेका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्ने विधि सम्वन्धी अभ्यास गराईएको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरीको यसप्रकारका अभ्यासहरुले जुनसुकै विपद्जन्य घटनाहरुमा सशस्त्र प्रहरी बलको उद्दार क्षमता अभिवृद्धि गर्ने तथा जनधनको क्षति न्यूनिकरण गर्नमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । तालिम अभ्यासमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीहरुले वास्तविक विपद् परिस्थितीलाई मध्यनजर गर्दै समन्वयात्मक र व्यवसायिक रुपमा कृतिम अभ्यास गरेका थिए ।
बर्खायामको साउन र भदौ महिनाको बेलामा कालिगण्डकी नदी तथा यहाँका शाखा नदीहरुको बाहव उच्च हुने भएकाले जुनसुकै बेला यसप्रकारका घटनाहरु आईपर्न सक्ने भएकाले कृतिम अभ्यास प्रभावकारी रुपमा सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्मले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली