लामा गेसे छुल्टिम तेन्जिङद्धारा पदभार ग्रहण



जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङमा निर्माणधिन शेन्तेन थाग्यालिङ बोन गुम्बा आध्यात्मिक अध्ययन केन्द्रका लागि मुस्ताङका प्रमुख लामा गेसे छुल्टिम तेन्जिङले पदभार ग्रहण गरेका छन् । भारतको हिमाञ्चल प्रदेश स्थित मेनरी गुम्बामा बिहिबार उनले पदभार गरेका हुन् ।

बोन धर्मालम्बीहरुको मुख्य केन्द्रिय बोन गुम्बा भारतको हिमाञ्चल प्रदेश छ । मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रद्धारा निर्माणधिन रहेको शेन्तेन थाग्यालिङ बोन अध्यात्मिक गुम्बाका लागि प्रमुख लामाको रुपमा गुरुङले पदभारसहित गद्दि आरोहरण गराईएको त्यस कार्यक्रममा सहभागी पत्रकार निरज थकालीले जानकारी दिए ।

प्रमुख लामा गुरुङको पदभार तथा गद्दिआरोहणसंगै मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रद्वारा गुम्बा निर्माण भईसकेपछि त्यहाँको धार्मिक पुजापाठ र सबै जिम्मेवारी प्रमुख लामा गुरुङकै नेतृत्वमा निहित हुनेछ ।

प्रमुख लामा गुरुङको पदभार तथा गद्दिआरोहण समारोहमा सहभागी हुन चैत २६ गते मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका पदाधिकारी तथा सदस्य,जनप्रतिनिधि र बोन धर्मालम्बीहरु भारत प्रस्थान गरेका थिए ।



प्रतिक्रिया