जोमसोम ।
बिहिबार राति परेको अविरल वर्षाले अवरुद्ध कोरलानाका जोड्ने (कागबेनी—छुसाङ) ९ किलोमिटर सडक भर्खरै संञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गर सुरु गरिएको कागबेनी—छुसाङ सडक आवश्यक मर्मतपछि भर्खरै संञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको सहकार्यमा तीन वटा सडक उपरकण प्रयोग संञ्चालनमा भर्खरै संञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रनाउ छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । प्रनाउ लामाले कागबेनी—छुसाङ अवरुद्ध संडक संञ्चालनमा आएसंगै वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा फसेका झन्डै ३५० बढी सवारी साधन गन्तब्यतर्फ प्रस्थान गरेको बताउँनुभयो ।‘छुसाङमा कति संख्यामा सवारी साधन अड्किएका रहेछन् भनी प्रहरी चौकी कागबेनीलाई विवरण संकलन गर्न भनेका छौं,जीप,कार,मोटरसाईकल र मावबाहक गरी ३५० बढी साधन अड्किएको भन्ने छ , छुसाङमा रोकिएका सबै सवारी साधन जोमसोम झर्दै गरेका छन्,’— प्रनाउ लामाले भन्नुभयो ।’
त्यसो त कागबेनी—छुसाङसम्मको सडक संञ्चालनमा आएपनि कोरलानाका जोड्ने वारागुङ मुक्तिक्षेत्र—३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको प्रनाउ लामाले उल्लेख गर्नुभयो । ‘कागबेनीदेखि छुसाङसम्मको ९ किमी सडक क्लियर भईसक्यो, चैलेमा मात्रै समस्या छ,’प्रनाउ लामाले थप्नुभयो ,त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिव ३५ मिटर सडक पहिरोले भाँसिएको छ, त्यहाँ पनि साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भईरहेको छ ।’ अवरुद्ध चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली सडक मर्मतका लागि त्यसतर्फ आईसकेकाले चाँडैनै सडक सूचारु हुने अपेक्षा गरिएको प्रनाउ लामाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले छुसाङ बाहेक अन्य स्थानमा पर्यटक सवार गाडीहर अलपत्र परेको अवस्था नरहेको जनाएको छ । मुस्ताङमा अविरल वर्षाका कारण बिहिबार रातिदेखि सडक अवरुद्ध भएको थियो । भासिएको स्थान र पहिरो गएको स्थानमा सडक उपरकण प्रयोग गरी पहिरो पन्छ्याएर अस्थायी रुपमा सडक संञ्चालनमा आएको वारागुङ—१ वडाध्यक्ष प्रमेश गुरुङले राससलाई जानकारी दिनुभयो । कागबेनी—छुसाङलाई तीब्र गतिमा सडक मर्मत गर्न प्रशासन ,प्रहरी,पालिका र आयोजना कार्यालयले योगदान गरेको वडाध्यक्ष गुरुङको भनाई छ । यहाँको कागबेनी—छुसाङ सडक खण्ड मर्मतपछि संञ्चालनमा आएको भएपनि कागबेनी— कोरला सडक पूर्ण रुपमा संञ्चालनमा आईनसकेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
मौसम प्रतिकुलता कारण भन्सार सेवा प्रभावित ः
हिमपात र प्रतिकुल मौसमका कारण लोमान्थाङ—२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका कार्यसम्पादन प्रभावित बनेको छ । मंगलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । भन्सार जाँचपासका लागि विद्युत र ईन्टरनेट सुविधा आवश्यक पर्ने भएपनि केहीदिन यता उपल्लो मुस्ताङमा विद्युत र ईन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल—चीन आयात÷निर्यातका मालवस्तु जाँचपासमा हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाई छ । तिहारपछि कुनै पनि आयात÷निर्यात मालवस्तुको भन्सार जाँचपास नभएको अधिकृत सुवेदीको भनाई छ । जोमसोम—कोरला सडक अवरुद्ध भएका कारण पनि भन्सारका केही कर्मचारीहरु कार्यस्थलमा आउन नसकेको तर भन्सार एजेन्टहरु पहिलेनै यहाँ आएर बसेको अधिकृत सुवेदीले जनाउँनुभयो ।
मौसम प्रतिकुलताका कारण विद्युत र इन्टरेनट सेवा अवरुद्ध हुँदा कोरलानाकाबाट आयात गरिएका चिनिया सामान ढुवानी गरिएको झन्डै ५० भन्दा बढी मालबाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताउँनुभयो ।‘ यहाँ भन्सार जाँचपास हुन बाँकी ५० भन्दा बढी कन्टेनर जम्मा भएका छन, कोरलानाका र चिनिया भन्सार पनि ५० भन्दा बढी कन्टेनर पुगेका छन्,’ भन्सार अधिकृत सुवेदीले भने,‘ उपल्लो मुस्ताङमा विद्युत र ईन्टरनेट सुविधा सहज बनाउन छिटो पहल गर्नुपर्यो , यस्तै रह्यो भने भन्सारको काम गर्न समस्या हुन्छ।’
यता, कागबेनी—कोरला सडक अवरुद्ध हुँदा झन्डै एक सय बढी मालबाहक ढुवानीका साधन दुईदिनदेखि कोरलानाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली