गण्डकी प्रदेश सरकार अन्तर्गत एक निर्वाचन क्षेत्र,एक सडक योजना अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा निर्माणधिन चक्रपथ सडक सम्पन्न भएसंगै स्थानीयलाई सहज भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक योजना सात वर्षमा बल्ल सम्पन्न भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत सदरमुकाम जोमसोम,ठिनी,ढुम्बा,छैरो,मार्फा हुँदै पूनः जोमसोम जोड्ने दश दशमलव पाँच किलोमिटर चक्रपथ सडक हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका ईन्जिनीयर सुरेश पाण्डेले जानकारी दिनुभयो ।
विस. २०७६ साल असार २६ गते ठेक्का सम्झौता भएको घरपझोङ चक्रपथ सडक सात वर्षपछि सम्पन्न भएको हो । कोभिड माहामारी,हिमपात र प्रतिकूल मौसम तथा निर्माण कम्पनीको चरम ढिलासुस्ती लगायतका कारण निर्माण सम्पन्न हुन नसकेको घरपझोङ चक्रपथ सडक हालै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका ईन्जिनीयर पाण्डेले उल्लेख गर्नुभयो ।
सुरुवाती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिएको घरपझोङ चक्रपथ सडक विस २०७७ साल माघ महिनामा सकिनुपर्ने थियो ।तर उक्त सडक सात पटकसम्म म्याद थप गरिएको थियो ।
चक्रपग सडकको बाहेक भ्याट बाहेक एक्काईस करोड ३५ लाख ६१ हजार लागतमा वन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । चक्रपथ सडकको दश दशमलव पाच किलोमिटर सडक मध्ये पाँच दशमलव पाँच किलोमिटर सडक प्रिमिक्स कालोपत्र र पाँच किलोमिटर ग्राभेल सडक निर्माण भएको ईन्जिनीयर पाण्डेले बताउँनुभयो ।
घरपझोङ चक्रपथ सडक अन्तर्गत जोमसोमदेखि ठिनी हुँदै ढुम्बासम्म पाँच दशलमव किमी कालोपत्र र ढुम्बादेखि घरपझोङ—१ छैरोसम्म करिव ८०० मिटर चट्टान काटेर ग्राभेल सडक स्तरोन्नति गरिएको हो । चक्रपथ सडक सम्पन्न भएसंगै निर्माण कम्पनीले ट्राफिक संकेतका पोलहरु गाड्ने,नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने लगायतका कार्य सम्पन्न भईसकेको ईन्जिनीयर पाण्डेले जानकारी दिनुभयो ।
घरपझोङ गाउँपालिका अन्तर्गत राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिका स्थित कालिगण्डकी पारीका ओझेलमा परेका गाउँहरु जोड्ने गरी चक्रपथ सडक निर्माण गरिएको हो । घरपझोङ गाउँपालिकाको पाच वटै वडाहरुका गाउँहरु जोड्ने चक्रपथ सडक निर्माणले स्थानीय नागरिकहरुलाई सदरमुकाम जोमसो आउजाउमा निकै सहज भएको घरपझोङ—५ का वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिनुभयो ।
कालिगण्डकी पारीका गाउँहरुमा सडकको पहुँच नहुँदा स्थानीय कृषि उत्पादनको सहज बजारिकरण हुन समस्या पर्दैआईरहेकोमा चक्रपथ सडक निर्माणले स्थानीय किसानले उत्पादन गरेका कृषि उपजहरुको सहज बजारिकण गर्न मार्ग प्रसस्त भएको वडाध्यक्ष थकालीको भनाई छ ।
यसैगरी घरपझोङ चक्रपथ सडक अन्तर्गत जोमसोमदेखि ढुम्बा तालसम्म कालोपत्र विस्तार गरिएकाले मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकहरुलाई ढुम्बातालको अवलोकन गर्न यातायातका साधनलाई निकै सहज भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली