जोमसोम ।
यहाँको घरपझोङ गाउँपालिका मुस्ताङले आधारभूत तह कक्षा ४ र ५ का विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार आगामी नयाँ शैक्षिक सत्रदेखि गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरिएको हो ।
चालु शैक्षिक सत्रमा यहाँको घरपझोङ गाउँपालिकाले आधारभूत तह कक्षा एकदेखि तीन कक्षासम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याईसकेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले थप कक्षाका लागि स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
नयाँ शैक्षिक सत्रमा कक्षा ४ र ५ सम्मको पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी भईरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारी बताउँनुभयो । स्थानीय पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार भईसकेको र त्यसपछि सम्पादनकार्य अघि बढाई पुस्तक छपाईका लागि अफसेटमा पठाईने जोमसोम स्थित जनहित माध्यमिक विद्यालयका शिक्षक कर्ण थकालीले जानकारी दिनुभयो ।
यसअघि घरपझोङ गाउँपालिका स्थित जनहित माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि एवं स्थानीय श्रोत व्यक्ति कर्णबहादुर थकालीलाई पाठ्यक्रम निर्माणको जिम्मा दिईएको थियो । मंगलबार यहाँ आयोजित घरपझोङ गाउँपालिकाद्वारा तयार पारिएको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यक्रमको नमूना खाकाको प्रबिधिकरण गरिएको छ ।
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,शिक्षक,पत्रकार लगायत स्थानीयबासीहरुको रोहबरमा स्थानीय पाठ्यक्रमको प्रबिधिकरण गरिएको हो । शिक्षक थकालीद्वारा तयार पारिएको आधारभूत तह कक्षा ४ र ५ को पाठ्यक्रमलाई सुझावसहित अनुमोदन गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो ।
शिक्षक कर्णबहादुर थकालीद्वारा तयार पारिएको पाठ्यपुस्तकमा गाउँपालिका भित्रका ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक विषय वस्तु समेटिएका छन् । थकाली समुदायको बाहुल्यता रहेको घरपझोङ गाउँपालिकामा थकाली धर्म,परम्परा र संस्कृतिलाई पुस्थान्तरण गर्ने गरी स्थानीय पाठ्यक्रमको खाका तयार पारिएको हो ।पाठ्यक्रममा कृषि ,पशुपालक र पर्यटन लगायतका बिषयलाई पनि पाठ्यक्रममा महत्वपूर्ण अंशको रुपमा समावेश गरिएको छ ।
थकाली समुदाय अन्तर्गत मनाईने त्युङ्ला,तेरमी र तोरन्ल जस्ता महत्पूर्ण चाडपर्वको महत्व बारेमा जानकारी दिईने गरी स्थानीय पाठ्यक्रम निर्माणको खाका तयार पारिएको शिक्षक कर्णबहादुर थकालीले जनाउँनुभयो ।
पुस्तकमा थकाली पोशाक,थकाली वेशभूषा,रहनसहन, थकाली खानका परिकार र पर्यटकीय गन्तब्य समावेश गरिएको छ । यहाँको सदिंयौ कालदेखि चल्दै आईरहेको मुखिया प्रथाको संस्कृतिलाई ईतिहाँसको रुपमा पाठ्यक्रममा प्रष्ठ्याउने कोशिस गरिएको छ । पुस्तकमा गाउँपालिका भित्रका प्राकृतिक सम्पदा ,जैविक विविधता र वन्यजन्तुहरुको बारेमा शिक्षा दिने गरी पाठ्यक्रम खाका तयार पारिएको हो ।
२० कार्तिक २०८२, बिहिबार ०६:२४ मा प्रकाशित
1292
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली