जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा लुलु गाई पालन फस्टाउँदै जान थालेको छ । यहाँका १९ वटै गाउँका किसानले सदिंयौ वर्षदेखि पालन गर्दैआईरहेको लोपोन्मुख लुुलु गाई पालन व्यवसायलाई पछ्याईरहेका छन् ।
यहाँको सबै गाउँहरुमा परम्परागत लुलु गाई पालन व्यवसाय फस्टाउन थालेको थालेको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउँनुभयो । गाउँपालिकाले निरन्तर लुलु गाई पालनलाई लोपोन्मुख अवस्थाबाट जोगाउन बर्सेनि आवश्यक बजेट विनियोजन गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।‘हामीले यहाँको लुलु गाईलाई विस्थापित हुँने अवस्थाबाट जोगाउन संरक्षण,सम्र्वद्धन र प्रर्वद्धन गर्न लागिपरेका छौं,’ वडाध्यक्ष गुरुङले भन्नुभयो,‘ यसैका लागि गाँउपालिकाले यहाँ बर्षैपिच्छे बजेट छुट्याउने गरेको छ, यसले यहाँका लुलु गाई पाल्ने किसानलाई केहीहदसम्म भएपनि राहत प्रदान गरेको छ ।’
वारागुङ मुक्तिक्षेत्रमा प्रत्येक वडाहरुको गावैपिच्छे लुलु गाई रेखदेख गर्ने गोठालाहरु व्यवस्थापन गरिएको छ । गाउँका सबै घरधुरीका लुलु गाईहरु चरन क्षेत्रमा लैजादै सामुहिक रुपमा गोठालोको व्यवस्था गर्ने गरिएको वडाध्यक्ष गुरुङले बताउँनुभयो । बर्खायामको गर्मी समयमा चरनक्षेत्रमा घाँस पलाउने भएकाले सबै लुलु गाई जम्मा गरेर दुई÷तिन जना गोठालो बार्षिक तलब दिएर खटाईने र हिउँदयामको जाडोमा घरकै गोठमा दानपानी र सुकुटी घाँसा दिएर लुलु गाई पालन गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।
हिमाली जिल्ला मुस्ताङसहित मनाङ र डोल्पामा लोपोन्मुख लुलु गाई पाल्ने प्रचलन छ । समून्द्री सतहको दुई हजारदेखि ५ हजारसम्मको उच्चउचाईको स्थानमा लुलु गाई पालन गरिन्छ । नेपालमा पालन गरिने अन्य गाईहरुको तुलनामा यहाँ पालन गरिने हिमाली लोपोन्मुख लुलु गाई कद केही होचो हुन्छ । यहाँ पालन गरिने लोपोन्मुख हिमाली गाईहरुले पारिस्थितीक प्रणाली (ईको स्टिम)मा समेत योगदान पु¥याउने जानकारहरु बताउँछन् ।
यहाँको वारागुङ मुक्तिक्षेत्रका गाउँपालिका अन्तर्गत १९ वटै गाउँमा एक हजार ९१२ लुलु गाईको संख्या रहेका गाउँपालिकाका पशु शाखा प्रमुख मुकेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ पालिकाको वडा नं १ मा ५२८ ,वडा नं. २ मा १४७ वटा,वडा नं. ३ मा ४४८ ,वडा नं. ४ मा ४१० र वडा नं. ५ मा ३७९ वटा लोपोन्मुख लुलु गाईको सख्या रहेको पशु शाखा प्रमुख बोहोराले बताउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्रले यहाँ हालै लोपोन्मुख लुुलु गाई तथ्यांक संकलन गरेको हो । यहाँ सबै भन्दाबढी वडा नं. १ मा लुल गाई पालन भएको देखिन्छ । वडा एक अन्तर्गत खिङ्गा,झारकोट ,पुराङ रानीपौवा र लुप्रा गाउँका अधिकाँश किसानले लुलु गाई संरक्षणमा जोड दिईरहेको पशु शाखाले जनाएको छ । यहाँ सबै भन्दा कम वडा एकमा लुलु गाई पालन गरिएको छ । यहाँ छुसाङ,तेताङ, ताङ्वे र समर गाउँ पर्दछन् । पशु शाखा अधिकृत बोहोराले चालु आर्थिक वर्ष लुुलु गाई संरक्षण कार्यक्रम अन्तर्गत एक लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
यहाँको वारागुङ मुक्तिक्षेत्रमा लुलु गाई पालनको संख्या बर्सेनि वृद्धि भईरहेको वारागुङ मुक्तिक्षेत्रको पशु शाखाले जनाएको छ । गाउँपालिका र जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले यहाँ लुलु गाई पालन कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराउने हुँदा यहाँका लुलु गाई पालन गर्ने किसानलाई उत्साहित तुल्याएको छ ।
हिमाली जिल्लामा पालन गरिने लुलु गाई मुख्य गरी कृषि प्रयोजनमा केन्द्रित रहेको छ । लुलु गाईको मलमुत्र प्रयोग गरी कृषि उत्पादनमा प्रयोग हुने भएकाले यहाँका अन्य पालिकामा लुलु पालन संस्कृति हराउँदै जान थालेको छ । जिल्लाको थासाङ,घरपझोङ, लोमान्थाङ र लोघेकरमा लुलु गाई पालन वारागुङ मुक्तिक्षेत्रमा भन्दा निकै कम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. लालमणी अर्यालले जानकारी दिनुभयो । यहाँ परम्परागत संस्कृतिको रुपमा रहेको लुल गाई पालन छोडेर विकासे जर्सी गाई पालनतर्फ किसान अग्रसर देखिएको उहाँको भनाई छ ।‘लुलु गाईले सीमित दुध दिने तर जुर्सी गाईले पर्याप्त दुध दिन्छ,’यसैले किसान संस्कृति जोगाउनु भन्दा व्यवसायिक फाईदातर्फ अघि बढेकाले यहाँ लुलु गाई पालन संस्कृति लोप हुने अवस्थामा रहेको छ ।’
वारागुङ मुक्तिक्षेत्रका स्थानीय रमेश गुरुङले लुलु गाई पालनबाट उत्पादन भएको दुधबाट पौष्टिक तत्व र भिटामिन प्राप्त हुने बताउँनुभयो । उहाँले लुलु गाईको दुधबाट किसानले दुध,दही,घ्यु र छुर्पी लगायतका परिकारहरु बनाएर बिक्री गर्ने गरिएको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली