घरपझोङमा ‘पूर्ण खोप सुनिश्चिता दिगोपन’ घोषणा

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चिता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाले प्रत्येक वडाहरुबाट पूर्ण खोप सुनिश्चिता दिगोपना भएको सिफारिस पत्रका आधारमा पालिका पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।

घरपझोङले सवै वडाहरुमा सतप्रतिशत बालबालिकाहरुले पूर्ण खोप लगाएको उल्लेख गर्दै गतवर्षको झै यसवर्षपनि घरपझोङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता दिगोपना पालिका घोषणा गरेको हो ।

बालबालिकाका लागि १३ प्रकारका रोगहरुलाई प्रतिरोधात्मक क्षमता बढाउन १० किसिमका खोपहरु लगाउने गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन, खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रबार घरपझोङ गाउँपालिका खोप समन्वय समितिले जोमसोममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको जनाईएको छ ।

घरपझोङमा पूर्ण खोप सुनिश्चिता दिगोपना कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्यकर्मी,स्वास्थ्य स्वंयसेविका,कर्मचारी र जनप्रतिनिधिहरु वडा÷वडामा खटिएका थिए । घरपझोङले चालु आर्थिक वर्षको   चैत्र महिनामा लिएको तथ्यांक अनुसार ५ वटै वडाहरुमा  १६ देखि ५९ महिनाका कुल २०८ जना बालबालिकालाई खोप लगाईएको घरपझोङका स्वास्थ्य अधिकृत कर्णबहादुर थकालीले जानकारी दिए । स्वास्थ्य अधिकृत थकालीका अनुसार मुस्ताङमा जिल्ला स्तरीय रुपमा पूर्ण खोप सुनिश्चिता दिगोपना २०७२ घोषणा भएकोमा पछिल्लो केही वर्षयता पालिका आफैले पूर्ण खोप सुनिश्चिता दिगोपना घोषणालाई निरन्तरता दिदैआईरहेको छ ।

‘खोप अभियानमा केही समस्या चुनौती छन्, मजदुर ,कामदारका बालबालिकाहरु अपनडाउन भईरहने र यहाँ लगाएकाले बेसीमा लगाउने गर्दा सतप्रतिशत नतिजामा समस्या छ, उनले भने, तैपनि हामीहरुले सकेसम्म खोपबाट कुनै पनि बालबालिका नछुटोस भने निकै सर्तक भएर खोपलाई प्राथमिकता दिएर काम गरेका छौं ।’

पालिकाको पूर्ण खोप सुनिश्चितालाई स्वास्थ्यकर्मी लगायत सबैले सामूहिक भूमिका निर्वाह गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । उनले स्रोत र साधनमा कमी भएमा गाउँपालिकाले जुटाउने जनाए । पालिका भित्रका बालबालिकाहरु तलमाथि आउजाउ भईरहने भएकाले सबैलाई समेट्न मुश्किल पर्ने अध्यक्ष लालचनको कथन छ । उनले वडा र पालिका हुँदै जिल्लाहरु पूर्ण खोप सुनिश्चिता भएमात्रै देश पूर्ण खोप सुनिश्चित हुने उल्लेख गरे ।

उपाध्यक्ष जमुना थकालीले खोप प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको बताईन् । ‘ पूर्ण खोप विगतमा पनि थियो ,त्यसलाई निरन्तरता दिनु पनि चुनौती हो, उनले भनीन्, तैपनी पालिका र वडा तहका स्वास्थ्यकर्मी,स्वंयसेविका र कर्मचारीको अथक प्रयासले हामीले त्यसलाई क्रम भंग हुन दिएका छौं ।’ मुस्ताङ अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले बालबालिकाहरुलाई हुनसक्ने सबै प्रकारका रोग विरुद्ध प्रतिरोध गर्न खोप लगाउन आवश्यक भएको बताए ।

कार्यक्रम घरपझोङ खोप समन्वय समितिका संयोजक कर्णबहादुर थकालीले पूर्ण खोप सुनिश्चिताक बारेमा तथ्यांक प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया