मुस्ताङको राजखोला बाढीले अवरुद्ध बेनी—जोमसोम सडक खुल्यो

जोमसोम—मुस्ताङको मार्फा स्थित राजखोला बाढीले धार परिवर्तन गर्दा अवरुद्ध बनेको (बेन—जोमसोम) सडक केहीबेर अघि संञ्चालनमा आएको छ ।

यसअघि अविरल वर्षासंगै आईतबार बिहानैदेखि आएको मार्फा राजखोला बाढीले दक्षिणतर्फको मार्फा क्षेत्रतीर अचानक धार परिवर्तन गर्दा बेनी—जोमसोम सडक अन्तर्गत जोमसोम—मार्फाको सिधा यातायात सम्पर्क टुटेको थियो ।  सडकको गाउँतर्फ  राज खोलाको बाढी मोडिएपनि  कालोपत्रे सडक संरचना समेत जलमग्न बनेको थियो ।तर,बाढीले सडक ट्याक ध्वस्त पारेपनि भौतिक संरचनामा भने क्षति पुगेन ।

मार्फा राज खोला बाढीले मार्फा स्थित खोला छेउको सडक ट्याक पुरेपछि दिउसो ३ बजेसम्म सवारी आवागमन ठप्पै भएको थियो । सवारी साधन सडक क्रस हुुन नसक्दा गन्तब्यमा पुग्न सकेको थिएन ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र करिडोर सडकको सक्रियतामा  नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरीले अवरुद्ध मार्फा सडक संञ्चालनमा ल्याएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

 मार्फा राज खोला बाढीलाई डोजरको सहयताले च्यानलिङ गरी नियन्त्रणमा लिएर सडक खुलाईएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । उनका अनुसार मार्फा राजखोलामा आधा दर्जन हिमपाईप बिच्छ्याएर सवारी खुलाईएको उनले जनाए । योसंगै मुस्ताङ सडकमा  सवारी साधनलाई आउजाउ समस्या नभएको प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाई छ । मार्फा राज खोलामा आईतबार बिहानदेखि लेदो र गेग्रान सहितको बाढी आएको थियो ।

यसैगरी अविरल वर्षासंगै आधा दर्जन स्थानमा बाढि पहिरो र नदी कटानले बेनी—जोमसोम ७४ किमी सडक अवरुद्ध बनेकोमा अहिले त्यहा धमाधम सडकमा पहिरो पन्छ्याएर सडक खुलाउने कार्य भईरहेको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।


प्रतिक्रिया