जोमसोम— हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारण लाईन विस्तारकार्य तीब्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसन लाईन विस्तारकार्य अघि बढाएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत क्षमताको प्रशारण लाईन सञ्चालनमा छ । नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ—२ कोवाङसम्म केन्द्रिय प्रशारण लाईन अन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारण लाइनको पहुँच पु¥याएको छ । यसलाई जिल्ला भरीनै केन्द्रिय प्रशारण लाईनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारण लाईनको योजना अघि बढाएको हो ।
नेपाल विद्युत प्राधिकरणको विद्युत मापपदण्ड अनुसार एक सबस्टेशनबाट अर्को विद्युत सबस्टेशनसम्म विद्युत प्रशारण गर्नका लागि ५० किलोमिटर भन्दा माथि जानु हुँदैन । तर, मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिव १५० किलोमिटर दुरीमा सिधै ११ केभीको विद्युत प्रशारण लाईन सञ्चालनमा छ । यसैका कारण मुस्ताङ जिल्लामा पटक÷पटक बिद्युत आपूर्तीमा समस्या,गडबडी र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भईरहेको विद्युत प्रशारण लाईन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्याहरु झेल्दैआईरहेका छन् । हालको ११ केभी विद्युत लाईनको सेवाले कुनै एक स्थानमा विद्युत समस्या आईपर्दा पुरै जिल्लामा विद्युत आपूर्ती बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ ।
मुस्ताङ जिल्लाको विद्युत प्रशारण लाईनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रशारण लाईनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुईसेसनमा सबस्टेशन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रशारण लाईन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाईज हुलास जेकेबी जेभीसंग २७ करोड ६५ लाख लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि ईन्जिनीयर दीपककुमार मण्डलले बताउँनुभयो । प्राधिकरणले हालको ११ केभी प्रशारण लाईनलाई पुरै बिस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रशारणलाईनको काम अघि बढाएको जेभीका प्रतिनिधि ईन्जिनीयर मण्डलको भनाई छ ।
मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रशारणलाईन विस्तारकार्य २ वर्षको ठेक्का सम्झा्ैता अनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । प्राविधिकरणसंगको ठेक्कापछि प्याराडाइर्ज हुलास जेकेबी जेभीले ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्न विद्युत पोल गाड्न ६ फिट गहिराईको खाल्डो र पीसीसी खन्ने कामसंगै विद्युत पोल विस्तारको ९५ प्रतिशत काम सम्पन्न गरेको जेभी ईन्जिनीयर मण्डलले उल्लेख गर्नुभयो । ३३ केभी ट्रान्समिसन प्रशारणलाईन अबको ६ महिना भित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रशारण लाईनको तार तान्ने काम तीब्र गतिमा काम भईरहेको ईन्जिनीयर मण्डलले जनाउँनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङदेखि जोमसोमसम्म करिव २५ किलोमिटर दुरीमा ३३ केभी ट्रान्समिसन प्रशारण लाईनको तार तान्ने काम सकिएको प्याराडाईज हुलास जेकेबीका ईन्जिनीयर मण्डलले बताउँनुभयो । ‘ अहिले जोमसोम र ठिनी लगायतका २÷३ स्थानमा विद्युत तार तान्ने काम भईरहेको छ’, ईन्जिनीयर मण्डलले भने,‘ उपल्लो मुस्ताङमा पनि मौसम अनुकुल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौं ।’
मुस्ताङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रशारण लाईनको काम सकिएलगत्तै विद्युत प्रशारणको परीक्षण स्वरुप लाईन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
यसैगरी नेपाल विद्युत प्राधिकरणले ३३ केभी प्रशारण लाईन विस्तारका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङमा गरी दुई वटा सबस्टेशन निर्माणको लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का आह्वान एक वर्ष अघिनै भईसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । मुस्ताङको चैले र चराङमा नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्ने सबस्टेशन निर्माणका लागि आवश्यक जग्गाको समेत व्यवस्थापन भईसकेको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।
नेपाल बिद्युत प्राधिकरणबाट मुस्ताङमा सबस्टेशन निर्माण तथा ३३ केभी राष्ट्रिय विद्युत प्रशारणलाईन जोडिएमा मुस्ताङले वर्षौवर्षदेखि झल्दैआईरहेको चरम बिद्युतीय समस्या समाधान हुने अध्यक्ष बिष्टको भनाई छ ।
‘बहुप्रतिष्ठित मुस्ताङको उत्तरी कोरलानाकालाई व्यापारिक हबको रुपमा विकास गर्न केन्द्रिय विद्युत प्रशारण लाईनले निकै ठुलो योगदान पु¥याउने छ, अध्यक्ष बिष्टले भन्नुभयो, ‘अब मुस्ताङमा कृषि र पर्यटनको मात्रै होईन औधोगिक ढोकाहरु पनि उघ्रिने मार्ग प्रसस्त हुनेछ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली