पोखरा । पत्रकारहरु समाज र राष्ट्रको पथप्रर्दशक ऐना हो यसले निश्पक्ष र तटस्थ पत्रकारिताले मात्रै समृद्धि,विकास र सुशासनका पक्षमा योगदान पुग्ने मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताएका छन् ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको शनिबार आयोजित दोस्रे अघिवेशनको उद्घाटन गर्दै अध्यक्ष लालचनले यस्तो बताएका हुन् ।
गाउँपालिका अध्यक्ष लालचनले फोनिज शाखा मुस्ताङको अघिवेशन समुद्घाटन गर्दै फोनिज शाखाले गर्ने रचनात्मक तथा सृजनात्मककार्यहरुमा आफु र गाउँपालिका परिवार सदैव सहयोग र सहकार्य गरी अघि बढ्ने बताए । उनले पत्रकारिता डगमगाएमा समाज अस्थिरता र अराजकता निम्तिने भएकाले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा फोनिज शाखाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै, फोनिज गण्डकीका ईञ्चार्ज एम.बि.आस्थाले फोनिजले जनजाती पत्रकारहरुको पक्षमा कार्य गर्दैआईरहेको र यसले फोनिजकर्मी पत्रकारहरुको क्षमता विकास, समस्या र चुनौतीमा रचनात्मक भूमिका खेल्दैआईरहेको बताए ।
नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । प्रतिकुल मौसमका कारण मुस्ताङमा अधिवेशन गर्न समस्या परेकाले पोखरामा अघिवेशन गर्नु परेको बताए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने थकालीले बताए ।

पोखरा ड्याम साईड स्थित होटल मुस्ताङ लेतेमा शनिबार आयोजित फोनिज शाखा मुस्ताङको दोस्रो अधिवेशनबाट सुन्दरकुमार थकाली सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित भएका छन् । थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत निर्वाचित भएको हो । फोनिज महासंघ मुस्ताङको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सम्झना रानामगर र कोषाध्यक्षमा तृष्णा गौचन सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरी, सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ,सोजन हिराचन, कर्साङ गुरुङ र मनिता थकाली चयन भए । नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार थकालीलाई फोनिज गण्डकीका ईञ्चार्ज एम.बि.आस्थाले शाखाको माईनुट हस्तान्तरण गरेका थिए । नवनिर्वाचि फोजिज शाखा मुस्ताङका पदाधिकारी तथा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र फोनिज गण्डकी ईञ्चार्ज एम.बि.आस्थाले खाँदा लगाएर शुभकामना दिएका थिए ।
यसअघि फोनिज शाखा मुस्ताङको दोस्रो अधिवेशनका लागि गण्डकी प्रदेश ईञ्चार्ज एम.बि.अस्थाको संयोजकत्वमा तीन सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा फोनिज गण्डकी अध्यक्ष रुद्र शिरिष मगर र महासचिव सुमन गुरुङ चुनिएका थिए ।
फोनिज शाखा मुस्ताङको अघिवेशनमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित प्रदेश खेलकुद परिषद सदस्य योगेन्द्र शेरचन वरिष्ठ पत्रकार हेमराज ढकाल र शंकर प्रसाद पण्डित लगायतको उपस्थिती रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता