मुस्ताङको मार्फामा दशौं उद्योग दिवस मनाईयो


जोमसोम— स्याउ उत्पादनले प्रसिद्ध हब मुस्ताङको घरपझोङ—२ मार्फा केन्द्रित रहेर दशौं उद्योग दिवस विविध कार्यक्रम गरी मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आयोजनामा आईतबार दिवस मनाईएको हो ।

सरकार पञ्चवषीय योजनालाई सार्थक निश्र्कषमा पू¥याउने उद्देश्यले औधोगिक विकास र आर्थिक समृद्धी हासिल गर्नमा जोड दिईएको छ । यसै प्रयोजनका लागि मुस्ताङमा पनि ‘उद्यमशील संस्कृति,राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौं उद्योग दिवस मनाईएको हो ।  पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आयोजनामा  सबै भन्दा उद्योग व्यवसाय रहेको मार्फामा उद्योग प्रर्वद्धन सम्वन्धि कार्यक्रम आयोजना गरिएको हो ।

दिवसका अवसरमा पर्यटकीय तथा उद्योग हब समेत रहेको मार्फामा प्लेकार्डसहित प्रभातफेरी, उद्योगहरुको सरसफाई तथा उद्योग सम्वन्धि सचेतना कोण सभा आयोजना गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिए । मार्फामा आयोजित दिवसमा करिव ३ दर्जन उद्योगी व्यवसायीहरुले सहभागीता जनाएका थिए ।

दिवसमा मार्फा स्थित फलफुल तथा प्रशोधन उद्योगहरुको सरसफाई, प्रभातफेरी र कोणसभा भएको कार्यालय प्रमुख पौडेलले बताए । सो अवसरमा कार्यालय प्रमुख पौडेलले दिवसको उद्देश्य, उद्योगको ऐतिहाँसिक पृष्ठभूमी र स्टार्ट अफ कर्जा सुविधा लगायतका बिषयमा जानकारी दिएका थिए ।

नेपालमा पहिलो पटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७१ साल चैत्र २० गतेदेखि मन्त्रिपरिषदको बैठकले मंसिर ९ गतेको दिनलाई उद्योग दिवसको रुपमा मनाउने गरिएको छ । मुस्ताङमा भने यो दिवस पहिलो पटक मार्फामा मनाईएको कार्यालय प्रमुख पौडेलले जनाए ।



प्रतिक्रिया