जोमसोम— राष्ट्रिय गौरवको ७४ किमी (बेनी—जोमसोम¬)कालापत्रे सडक निर्माणको काममा निकै विलम्व भएको छ ।उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको (बेनी—जोमसोम) ४ प्याकेज मध्ये मुस्ताङ खण्डको (कोवाङ—जोमसोम) १७ किमी सडक निर्माणको काममा ठेकेदारको ढिलासुस्ती र वेवास्ताका कारण समस्या उत्पन्न भएको छ ।
गौरवको सडक अन्तर्गत मुस्ताङ सदरमुकामसमेत समावेश भएको (कोवाङ—जोमसोम) १७ किमी निर्माणधिन सडकको ७० करोड लागतमा ठेक्का सम्झौता भएको हो । उक्त प्याकेजको सडक स्रोन्नतिसहित अल्फाल्ट कालोपत्रे गर्ने जिम्मा पाएको पप्पु— गौरी पार्वती —कोशी एण्ड न्यौपाने जेभी कन्ट्रक्सनले पछिल्लो समय ६ पटक सम्म म्याद थप गरिसकेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए । सरकारले सार्वजनिक खरिद ऐन नियमावलीको चौधौ संशोधन अनुसार (कोवाङ—जोमसोम) अस्फाल्ड कालोपत्रे चालु वर्षको असोज २२ गतेसम्ममा सम्पन्न हुनुपर्ने थियो । आयोजनाले पटकपटक काममा फर्किन र कामलाई तीब्रता दिन ताकेता गरेको र निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएपछि (कोवाङ—खन्ती) सडकको जिम्मा पाएको निर्माण कम्पनीले निर्माणको काममा चरम ढिलासुस्ती गर्दैआईरहेको छ ।
आयोजनाका सूचना अधिकारी चापागाईका अनुसार (कोवाङ—जोमसोम)कालोपत्रे सडकमा पछिल्लो भौतिक प्रगती ८५ प्रतिशत रहेको छ । उक्त प्याकेजको जिम्मा लिएको जेभी कन्ट्रक्सन पार्टनर कोशी एण्ड न्यौपानेले काम गर्न नसकेपछि गतवर्षदेखि जेभीको मुख्य कन्ट्रक्सन गौरी पार्वती काममा फर्किएको आयोजनाका सूचना अधिकारी चापागाईले उल्लेख गरे ।
ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत (कोवाङ—जोमसोम) १७ किमी सडक सम्पन्न हुन नसकेको र पछिल्लो पटक थपिएको सम्झौता म्याद समेत कटेपछि आयोजनाले कुल ठेक्का बिगो रकमको (०.०५) प्रतिशतले दैनिक जरिवाना रकम तोकेको छ । सार्वजनिक खरिद नियमावलीको मापदण्ड अनुसार कानुनी प्रवाधान अनुसार तोकिएको जरिवाना प्रतिशतका हिसाले दैनिक ३ लाख ११ हजार रुपैया लाग्ने आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ । उनका अनुसार निर्माण कम्पनीलाई जरिवाना रकम तोकिएको २ सय दिन भित्र पनि निर्माणको काम सम्पन्न गर्न नसकेमा स्वत ः ठेक्का सम्झौता रद्द हुने उल्लेख गरे ।
तर,आयोजनाले लागु गरेको जरिवाना रकमको समय ३ साता बितिसक्दा समेत निर्माण कम्पनीले सडकको कामलाई गति दिन सकेको छैन ।‘ जति छिटो सक्यो कम्पनीलाई फाईदा हो, जति ढिलाई हुन्छ उसैलाई घाटा हुन्छ, आयोजना प्रमुख चापागाईले भने,‘ निर्माण कम्पनीले आशिंक काम सुरु गर्दैछ ,अब कामले गति लिनेमा विश्वस्त छौं ।’
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७४ किमी सडकको चौथो प्याकेज कोवाङ—जोमसोम १७ किमी सडक मध्ये कोवाङदेखि मार्फासम्म अस्फाल्ट कालोपत्रे सडकको काम सम्पन्न भएको उनले बताए । उनका अनुसार कोवाङ—जोमसोम सडक मध्ये जोमसोम बजार क्षेत्रको स्थानमा आरसीसी सडक विस्तार गरिएको छ भने नेपाली सेनाको ब्यारेकदेखि मुस्ताङ अस्पतालसम्मको दुरीमा सडक आशिंक सडक स्टक्चरको काम भएपनि कालोपत्रेको काम हुन सकेको छैन ।
यस्तै कोवाङ—जामसोम सडक अन्तर्गत मुस्ताङको घरपझोङ—२ मार्फादेखि पुथाङ एअरपोर्टसम्मको सडकमा कालोपत्रे हुन सकेको छैन । निर्माण कम्पनीले सडक स्टक्चरको काम गरेपनि कालापत्रेका लागि बेस र सववेशको काम सुरु नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो ।
यसैगरी कोवाङ—जोमसोम सडक निर्माणको ठेक्का लिएको उक्त निर्माण कम्पनीले कोरलानाका जोड्ने उपल्लो मुस्ताङको( चराङ—छोसेर) २५ किमी ग्राभेल सडकको काम पनि पुरा गर्न सकेको छैन । पटक पटक म्याद थप हुदै आईरहेको उक्त प्याकेजको पछिल्लो पटक थपिएको म्याद गत असार २९ गते सकिएको थियो । ५८ करोड २६ लाख लागतमा ठेक्का सम्झौता भएको (चराङ—छोसेर )प्याकेजमा पनि आयोजनाले साउनदेखि (०.०५) प्रतिशतका हिसाबले जरिवाना तोकिसकेको छ । जोमसोम—कोरला ग्राभेल ७ वटा प्याकेज मध्ये ६ वटा प्याकेजको काम ४ वर्ष अगावै सकिएर आयोजनालाई हस्तान्तरण भईसकेको छ । तर, जोमसोम कोरला ११० किमी दुरीको छैटो प्याकेजमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गर्दा सम्पन्न हुन ढिलाई भएको हो । त्यहाँ ९० प्रतिशत भौतिक प्रगती भएको आयोजनाको भनाई छ ।
राष्ट्रिय गौरवको २०२ किमी (बेनी—जोमसोम—कोरला)सडकमा कुल ३७ वटा योजना कार्यान्वयनमा ल्याईएको थियो । जसअन्तर्गत पुलपुलेसा २१ वटा ,कालोपत्रे सडक ८ वटा, ग्राभेल सडक ७ वटा र १ कन्ट्रक्सन एट फेनिसिङ अफ मार्फा लगायतका योजना छन् । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडकका लागि हालसम्म १० अर्ब बजेट विनियोजन भएकोमा ७ अर्ब बजेट खर्च भईसकेको छ । आयोजनाका अनुसार (बेनी—जोमसोम—कोरला) सडकको समग्र भौतिक प्रगती ८० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता