मुस्ताङमा चालक तथा सहचालकको एचआईभी परीक्षण

मुस्ताङमा चालक तथा सहचालकको एचआईभी परीक्षण

यहाँको घरपझोङ—४ जोमसोममा सवारी चालक तथा सहचालक  लगायतको एचआईभी लगायतको स्वास्थ्य परीक्षण गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङको आयोजना तथा  प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको समन्वयमा यहाँका सवारी चालक तथा सहचालक लगायतको सोमबार बिहान निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

‘‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’’ मुल नारासहित मुस्ताङमा लामो तथा छोटो दुरीमा सवारी चलाउने चालक तथा सहचालकहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

यहाँ आयोजित विश्व एड्स दिवसका सन्दर्भ गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा २८ जना चालक तथा सहचालक लगायतले स्वास्थ्य परीक्षण गराएका जनस्वास्थ्य अधिकृत पारस पंगेनीले जानकारी दिनुभयो । यहाँको जोमसोम स्थित काठेपुल नजिकैको बसको टिकट बुकिङ काउन्टर नजिक आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा प्रदेश अस्पताल जोमसोमबाट डा. समिक्षा कडेलसहित जनस्वास्थ्य अधिकृत पारस पंगेनी, पब्लिक हेल्थ नसिंग निरीक्षक शुष्मा सेन, कोल्डचेन असिस्टेन्ट सम्झना बुढा र प्रादेशिक आयुर्वेद चिकित्सालयबाट निमित्त प्रमुख दिनेशप्रसाद आचार्य र ल्याब टेक्निसियन राकेश चौधरी खटिएका थिए ।

स्वास्थ्य परीक्षणका क्रममा यहाका सवारी चालक तथा सहचालक लगायतको एचआईभी, लिपिड प्रोफाईल (कालेस्टेनरोलको जाँच) ,हेपाटाईटिस बी र सी,बिसी लिस्ट, भीआरएल परीक्षण,¥याण्डम ब्लड सुगर र ब्लड प्रेसर लगायतको स्वास्थ्य परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत पारस पंगेनीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया