जोमसोम— झन्डै आधा शताब्दी पुरानो मुस्ताङ अस्पतालमा दक्ष चिकित्सक व्यवस्थापन नहुँदा यहाँ स्वास्थ्य सेवा लिन आउने सेवाग्राही समस्यामा पर्ने गर्छन् । भौगोलिक रुपले विकट हिमालपारीको जिल्ला मुस्ताङमा नियमित हवाई सेवाको सुविधा नहुँने र लामो दुरीको असहज सडक यातायातका कारण सुगमको सुविधा मुश्किल पर्छ । यहाँको जिल्ला अस्पतालमा विेशेषज्ञ चिकित्सक संम्भव नभएपनि एक जना एमडिजिपी चिकित्सक भने टट्कारो आवश्यक देखिन्छ ।
मुस्ताङ अस्पताल जिल्लाबासीका लागि मात्र होईन यहाँ बर्सेनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि भरपर्दो स्वास्थ्य सेवा नितान्त खाँचो छ । यहाँ आउने पर्यटकलाई हाईअल्टिच्युड र दुर्घटना भएमा स्वास्थ्य सेवा दिन अहिलको अवस्थामा निकै चुनौती छ ।जिल्लाबासी कसैको क्रिटिकल उपचार गर्नु प¥यो भने सुगमको अस्पतालमा रिफर गर्नुबाहेक अन्य कुनै विकल्प हुँदैन । यसैले यहाँका कतिपय नागरिकले मुस्ताङ अस्पताललाई सभेस अस्पताल नभई रिफर अस्पतालको रुपमा कटाक्ष गर्ने गर्छन ।
संघीयता कार्यान्वयनपछि मुस्ताङ अस्पतालमा १५ शैयाबाट २५ शैयामा रुपान्तरण गरियो, अस्पतालमा गम्भिर प्रकृतिका बिरामीलाई भ्यान्टिलेटरमा राखेर उपचार गर्न उपकरणको व्यवस्था गरियो । अस्पतालमा प्रसुती शल्यक्रिया तथा अन्य सामान्य अप्रेसन गर्नका लागि शल्यक्रिया संम्वन्धि उपकरणको समेत व्यवस्था गरियो ।यतिमात्र नभई अस्पतालमा भिडियो एक्सरे,एक्सरे,ल्याब आदी समेतको सेवा छ । तर,अस्पतालमा भएका उपकरण प्रयोग गर्ने तथा रिपोर्ट हेरेर उपचार तथा स्वास्थ्य मरामर्श दिने दक्ष चिकित्सक नहुँदा मुस्ताङ अस्पतालमा पुग्ने अधिकाँश स्वास्थ्य सेवाग्राही भरपर्दो सेवा पाउँन बञ्चित छन् ।
एमबीबीएस उर्तिर्ण गरी थप ३ वर्ष एमडिजिपी जनरल प्राक्टिस एण्ड इर्मेजेन्सी मेडिसिनमा एमडी गरेका चिकित्सकले सामान्यतया सबै प्रकारका बिरामीलाई उपचार गर्ने सामथ्यता राख्छन् । एमडिजिपी चिकित्सकले इर्मेजेन्सी मेडिसिन, ईन्टरनल मेडिसिन,सामान्य सर्जरी,स्त्री तथा प्रसुती रोग,बाल रोग,नशा तथा मानसिक रोग,छाला तथा यौन रोग लगायतका विषयमा तालिम प्रापत गर्ने हुनाले एमडिजिपी चिकित्सकलाई अलराउण्डर सेवा दिनसक्ने चिकित्सकको रुपमा लिने गरिन्छ । यस्ता चिकित्सकले बालकदेखि वृद्धवृद्धासम्मका बिरामीलाई उचित पराशर्म र उपचार गर्न सक्छन् । एमडिजिपी चिकित्सकले सामान्य रोगको उपचारदेखि सामान्य र केही जटिल अप्रेसन समेत गर्ने दक्षता राखेका हुन्छन् ।
मुस्ताङ अस्पतालमा अहिले विगत ५ महिनादेखि एमडिजिपी चिकित्सक छैनन् । अस्पतालमा एक जना नवौ तहका चिकित्सकसहित १८ जनाको दरबन्दी छ । तर,अस्पताल संञ्चालनको ५० वर्ष पुरा भईसक्दा समेत सरकारले यहाँ नवौं तहको चिकित्सक व्यवस्थापन गर्न सकेको छैन । यहाँ अस्पतालमा आठौं तहको स्थाीय चिकित्सकसहित अरु दुई जना करारका एमबीबीएस चिकित्सक छन् । उनीहरुले सामान्य स्वास्थ्य सेवा बाहेक प्रसुती तथा अप्रेसन सेवा दिन सक्दैनन् । २०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका ५ स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र यसका लागि सबै स्थानीय तहले मासिक २० हजार अस्पताललाई उपलब्ध गराउने सहमती गरे । त्यसपछि अस्पतालले करार सेवामा एमडिजिपी चिकित्सक ल्याउन पहल ग¥यो । अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ झिकायो । उनी आएपछि अस्पतालले दिने सेवा सुविधामा अपेक्षाकृत सुधार आयो ।तर, एमडिजिपी चिकित्सक करिव ७ महिना जती काम गरेपछि उनी २०७९ भदौ ४ गते अस्पतालबाट बिदा भए । त्यसपछि अस्पतालमा करिव ६ महिना भन्दा बढी एमडिजिपी चिकित्सकको अभाव भयो । जिल्लाका स्थानीय तहले उपलब्ध गराउने भनीएको मासिक २० हजार समेत अस्पतालले पाउँने सकेन । त्यसपछि एमडिजिपी चिकित्सकलाई दिने तलब भत्ता दिन समस्या उब्जियो ।
तत्कासलन मुस्ताङ अस्पतालका मेसु डा. बिशाल तिवारीले पूनः एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पतालमा झिकाए । डा. घले आएपछि अस्पतालमा रोकिएको सेवा पूनःसंञ्चालनमा आयो । तर, उनीपनि ६ महिना अस्पतालमा टिकेनन् । एमडिजिपी चिकित्सक डा. घले २०८० भर्दौ १७ गते अस्पताल छोडे । त्सपछि हालसम्म मुस्ताङ अस्पतालले अर्को एमडिजिपी चिकित्सक पाउँन सकेको छैन ।
मुस्ताङ अस्पतालको आलिशानको भौतिक संरचना निर्माधिन अवस्थामा रहेपनि प्रदेश सरकारको मातहतमा रहेको सरकारले समेत यसप्रति खाँसै चाँसो दिएको छैन । मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं जिसस प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन अनुरोध गरेको बताईन् । उनले अस्पतालका लागि एमडिजिपी चिकित्सक अतिआवश्यक भएको उल्लेख गर्दे यसप्रति प्रदेश सरकारको ध्यान जाआसो भन्दै केही महिना अघि प्रदेश स्वास्थ्य मन्त्री सुशिला सिंखडासंग समस्या उल्लेख गरेकी थिईन् । उनले यस विषयमा सबै सरोकारवालाहरुको सहयोगले मात्र एमडिजिपी चिकित्सक व्यवस्थापन गर्न सकिने जनाईन् ।
मुस्ताङ अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले मुस्ताङ अस्पतालमा २ जना एमडिजिपी चिकित्सकले छोडेपछि अर्को एमडिजिपी चिकित्सक व्यवस्थापन हुन नसकेको जानकारी दिए । उनले एमडिजिपी चिकित्सक नहुँदा प्रसुती तथा सामान्य रोगका शल्यक्रिया सेवा संञ्चालन हुन नसकेको बताए ।
मुस्ताङ अस्पतालमा हाल एक जना आठौ तहका स्थायी चिकित्सक,२ जना करार चिकित्सक,स्टाप नर्स स्थायी २,२ जना स्थायी र २ जना करार अहेब,१ जना करार ल्याब टेक्निसियन,एक्सरे टेक्निसियन २ र केही प्रशासन शाखाका कर्मचारी कार्यरत छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता