जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा शनिबार आयोजित खुल्ला घोडा दौड प्रतियोगितामा ‘सिंकी’ नामको घोडा च्याम्पियन बन्यो । वारागुङ मुक्तिक्षेत्र—४ र कागबेनी गाउँको सयुक्त आयोजनामा संञ्चालन भएको छैठौं यार्तुङ महोत्सव २०८१ को घोडा दौडमा २१ वर्षीय युवा उज्जव सुनारले हाँकेको नम्डु गुरुङले पालेको सिंकी घोडा प्रथम भयो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्र्तगत सहभागि कुल १२ वटा घोडाहरु मध्ये वारागुङ—१ झारकोटका नम्डु गुरुङको निजी घोडा पहिलो भयो । कागबेनीदेखि एक्लेभट्टीसम्मको करिव ५ किमी दुरीमा भएको प्रतिस्पर्धा नम्डुको सिंकी घोडाको कुदाई तारिफ योग्य थियो । तीब्र गतिमा दौडन सक्ने क्षमता भएको नम्डुको सिंकी घोडाले पछिल्लो ३ वर्ष यता कसैलाई उछिन्ने मौका दिएको छैन । नम्डुले जिल्ला भित्र र बाहिर जहाँ घोडा दौडाउन लैजान्छ त्यहाँ उनी प्रथम भएर फर्किन्छन् । नम्डुको अर्को घोडा भने चौथो भयो । योसगै कागबेनी यार्तुङमा नगद ३५ हजारसहित शिल्ड ,मेडल र ट्रफी जिते ।
झारकोटका नम्डुले सिंकी घोडालाई विगत ७ वर्षदेखि आफ्नै छोरा सरह पालन पोषण गरी हुर्काएका हुन् ।‘सिंकी घोडा मेरो छोरा जस्तै हो,मैले आफ्नो परिवारलाई जस्तै माया गरेर पालेको छु,’ गुरुङ ले थपे,‘ मलाई यसले वैकल्पिक रोजगारी पनि दिएको छ, यसैको कमाईबाट मेरो परिवारको खर्च चलेको छ ।’ उनले आफ्नो घोडाहरुलाई नियमित खानपान र स्याहार सुसारमा कुनै कमी नगरेको बताए । ‘यो ७ वर्षको पुग्यो, यस्तै प्रतियोगितामा यसले ३ वर्षसम्म कसैलाई पालो दिने छैन,’उनले भने मैले घोडाको बारेमा जानकारी लिएको छु, यो मुस्ताङ जिल्लामै अब्बल घोडा हो भन्दा फरक पर्दैन ।’
घोडाको शारिरीक बनाबट र कुद्ने क्षमता देखेरै ग्राहकहरु घोडा बिक्री गर्न अफर गरेको उल्लेख गरे । उनले यो सिंकी घोडा मेरो छोरा जस्तै भएकाले जति मुल्य दिन आएपनि यसलाई बिक्री नगर्ने जनाए ।
२१ साउन २०८१, मङ्गलबार ०९:५४ मा प्रकाशित
864
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली