- तस्विर : कागबेनीमा तिर्थालुहरु पितृ पुजाका लागि श्राद्ध गर्दै ।
जोमसोम— चैतै दशैं औसी तिथि पारेर मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आएका एक तिर्थालुुको लेंक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका—४ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध,पिण्डदान र तर्पण दिनका लागि पुजापाठ र स्नान गरिरहेको बेला अचाकन श्वास÷प्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए । त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पू¥याईएको थियो । बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताला जोमसोम ल्याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयका अनुसार जोमसोमको अस्पतालमा ल्याईएको बिरामीलाई स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मुस्ताङ तिर्थ यात्राको क्रममा लेंक लागेर मृत्यु भएका लम्सालका सहोदर दाई हेमलाल लम्सालको रोहबरमा शवको पोस्टमार्टम गरी प्रहरीले मुचुल्का उठाएर आफन्तको जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ
मुस्ताङमा लेंक लागेर चालु वर्षको ९ महिनामा ११ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये ३ जना नेपाली र ८ जना भारतीय छन् । यसअघिको दुई आर्थिक वर्षका १८ जनाको लेंक लागेर मृत्यु भईसकेको छ । पछिल्लो ३ आर्थिक वर्षमा हालसम्म २९ जनाले लेंक लागेर ज्यान गुमाईसकेका छन् ।
समून्द्री सतहको २५ सय मिटर माथिको उचाईमा जाँदा अक्सिजन कमी भई लेंक जाने जोखिम हुन्छ । शारिरीक रुपले अशक्त, दीर्घ रोगी र उमेर कटेका ज्येष्ठ नागरिकलाई लेंक लाग्ने सम्भावना रहन्छ । मुस्ताङमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले मुस्ताङ आउने पर्यटक तथा तिर्थालुलाई मध्यनजर गरी आईतबारदेखि एक हप्ते हाईअल्टिच्युड स्वास्थ्य शिविर संञ्चालन गरेको छ । शिविर स्थापनाको २दिनमा १०७ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता