थासाङ थकाली सेवा समाज मुस्ताङ क्षेत्रको अध्यक्षमा मानबहादुर चयन



जोमसोम— थासाङ थकाली सेवा समाज मुस्ताङ क्षेत्रको अध्यक्षमा मानबहादुर थकाली चयन भएका छन् । शुक्रबार थासाङ गाउँपालिका—१ टुकुचेमा आयोजित थासाङ थकाली सेवा समाजको भेलाले टुकुचे निवासी थकालीलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो ।

थासाङ थकाली सेवा समाजका केन्द्रिय अध्यक्ष चन्द्रबहादुर थकाली र केन्द्रिय संस्थापक अध्यक्ष एवं समाजका केन्द्रिय वरिष्ठ सल्लाहाकार पथबहादुर थकाली लगायतको उपस्थितीमा भएको मुस्ताङ क्षेत्रको भेलाले टुकुचेका अध्यक्ष थकालीसहित नौ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा सुब्बा थकाली (टुकुचे) र सचिवमा निरोज थकाली (टुकुचे)लाई क्षेत्रिय भेलाले सर्वसम्वत निर्वाचित गरेको हो । सदस्यमा सत्तबहादुर थकाली (जोमसोम),अजित थकाली (जोमसोम), शान्त थकाली (कोवाङ), रामे थकाली (कोवाङ),डोमा थकाली (टुकुचे) र सरिता थकाली (टुकुचे) छन् ।

मुस्ताङको टुकुचेमा आयोजित क्षेत्रिय भेलामा पोखरामा सम्पन्न केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिदै सम्मान गरिएको थियो । यसैगरी गरी नव निर्वाचित क्षेत्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई थासाङ थकाली सेवा समाजका केन्द्रिय अध्यक्ष चन्द्रबहादुर थकाली र वरिष्ठ सल्लाहाकार पथबहादुर थकालीले खाँदा लगाएर कार्यसफलताको शुभकामना दिएका थिए ।

यसअघि केन्द्रिय अध्यक्ष चन्द्रबहादुर थकाली र केन्द्रिय महासचिव बिष्णु थकालीले थासाङ थकाली सेवा समाजको उद्देश्य र संगठन निर्माणका बिषयमा कार्यपत्र पेश गरेका थिए ।

थासाङ थकाली सेवा समाजको मुस्ताङ, काठमान्डौं र पोखरा गरी ३ वटा क्षेत्र छन् ।



प्रतिक्रिया