जोमसोम— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय गौरवको सडकले जोड्ने बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै जिल्ला भित्रिने सवारी साधन बर्सेनि वृद्धि भईरहेको छ । मुस्ताङमा सवारी साधनको आवागमन चाँप बढेसंगै यहाँको ट्राफिक राजश्व संकलन समेत बढेको पाईएको छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनाको अवधिमा ३३ लाख ४३ हजार ५ सय रुपैया ट्राफिक राजश्व संकलन गरेको छ । कार्यालय चालु वर्षको साउनदेखि बेशाख महिनासम्मको १० महिनामा ४ हजार ५४६ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका ईञ्चार्ज राजाराम मण्डलले जानकारी दिए ।
उनका अनुसार चालु वर्षको साउनदेखि माघ महिनासम्म ११४ वटा सवारी साधनदेखि ५ सय वटा सवारी साधन कारबाहीमा परेकोमा फागुनदेखि बैशाख महिनासम्ममा ५ सयदेखि ९११ वटासम्म सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् । सबै भन्दा बेसी बैशाख महिनाका ट्राफिक अनुगमन गर्दा सर्वाधिक राजश्व संकलन भएको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी मापदण्ड बिपरित सवारी साधन चलाउने जथाभाँवी पार्किङ गर्ने,क्षमता भन्दा बढी यात्रु ओसोर पोसार गर्ने , सवारी चलाउदा आवश्यक कागजपत्र साथमा लिएर सवारी नचलाउने र बिना हेलिमेट मोटरसाईकल चलाउने आदीलाई कारबाही गर्दा उक्त परिमाण राजश्व संकलन गरेको हो ।
मुस्ताङमा सवारी नियम र सवारी मापदण्ड अनुसार सवारी संञ्चालन गर्न ट्राफिक कार्यालयले सरोकारवालालाई जानकारी गर्ने गरेको छ । मुस्ताङमा ट्राफिक प्रहरीले बैशाख २५ देखि बैशाख ३१ गतेसम्म ट्राफिक सप्ताह समेत गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता