मुस्ताङको जोमसोममा ‘गणतन्त्र बगैचा पार्क’ निर्माण

जोमसोम— मुस्ताङको जोमसोममा गणतन्त्र पार्क स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय र घरपझोङ गाउँपालिकाको संयुक्त पहलमा १६ औं गणतन्त्र दिवस २०८२ को अवसर पारेर मुस्ताङ सदरमुकाम जोमसोम स्थित गणेश मन्दिर सिंढी बाटोको भिरालो सतहमा वृक्षारोपण गरी गणतन्त्र पार्क स्थापना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको विशेष पहलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरी लगायतको करिव दुई दर्जन सुरक्षा टोलीले जोमसोम स्थित गणेश मन्दिर सिंढी बाटो तलको भिरालो स्थानमा पार्क निर्माणमा श्रमदान गरेका हुन् । पार्क स्थापनाका लागि घरपझोङ गाउँपालिका कार्यालय मुस्ताङले आवश्यक श्रोतसाधन व्यवस्थापन गरेको थियो । यसैगरी गणतन्त्र दिवसको अवसरमा गणेश मन्दिर नजिक पार्क स्थापनाका लागि मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन लगायत प्रशासन र गाउँपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि लगायतले श्रमदान गरेका हुन् ।

धार्मिक तिर्थालुहरुको सहजता लागि आवास स्थल (धर्मशाला)रहेको गणेश मन्दिर नजिकको भिरालो सतहलाई ७ वटा भन्दा बढी लियर निकालेर पार्क स्थापना गर्न जमिन स्तरोन्नति गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । प्रजिअ भुसालका अनुसार गणतन्त्र दिवसको अवसरमा गणेश मन्दिरमा पार्क निर्माण गरी गणतन्त्र पार्क नामाकरण गरिएको हो । विभिन्न सवारी साधनमा प्रयोग भई खेर गएका टायरहरु संकलन पार्कमा लगेर त्यसैमा त्यसैमा वृक्षारोपण गरिएको प्रजिअ भुसालले बताउँनुभयो । गणतन्त्र पार्कमा विभिन्न जातका फूलहरु रोपण भएको प्रजिअ भुसालको भनाई छ ।

 बेनी—जोमसोम—कोरला राष्ट्रिय राजमार्ग नजिकैको गणेश मन्दिर नजिकमा वृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । सडकमार्ग छेरुमै विभिन्न फूलका विरुणा रोपणले पर्यटकीय सौन्र्दयता अभिवृद्धि गर्ने अध्यक्ष लालचनको भनाई छ ।

यसैगरी गणतन्त्र दिवस २०८२ को अवसरमा गणतन्त्र पार्कलाई स्वच्छ,सफा र वातावरणमैत्रप् तुल्याउन सरसफाई समेत गरिएको छ । गाउँपालिका, प्रशासन, र सुरक्षा निकायको टोलीले  त्यसस्थानमा सरसफाई गरेको हो । सोही अवसरमा घरपझोङ गाउँपालिकाले फोहोर मैला व्यवस्थापन सम्वन्धि लेखिएको साईनबोर्ड समेत राखेको छ ।

 यसैक्रममा गणतन्त्र दिवसको अवसरमा आजै जिल्ला प्रशासन कार्यालयको सक्रियतामा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरको समेत पूर्ण सफाई गरेको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया