जोमसोम— विश्व वातावरण दिवसका अवसरमा मुस्ताङका विभिन्न स्थानमा बिहिबार विश्व वातावरण सरसफाई तथा वृक्षारोपण गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (लोमान्थाङ)को आयोजनामा उपल्लो मुस्ताङको लोमान्थाङमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति,लोमान्थाङ गाउँपालिका,वडा कार्यालय, स्थानीय पर्यटन व्यवसायी,गाउँसमाज, आमा समुह,युवाक्लव,सुरक्षा निकाय,गुम्बा र विद्यालयको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङको लोमान्थाङमा बृहत सरसफाई अभियान सम्पन्न भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कार्यालय प्रमुख पौडेलले लोमान्थाङ बजार क्षेत्र र त्यसआसपासको करिव दुई सय मिटर क्षेत्रमा पूर्ण सरसफाई गरेको बताउँनुभयो ।
वातावरण दिवसको दिन लोमान्थाङमा आयोजित बृहत सरसफाई कार्यक्रममा ६ ट्याक्टर फोहोर संकलन भएको एक्याप लोमान्थाङ प्रमुख पौडेलले जानकारी दिनुभयो । धार्मिक,ऐतिहाँसिक तथा सांस्कृतिक सम्पदाले परिचित उपल्लो मुस्ताङको लोमान्थाङलाई स्वच्छ ,सफा र वातावरणमैत्री तुल्याउन थप व्यवस्थित गर्ने गरी फोहोर व्यवस्थापन समिति गठन गर्ने तयारी भईरहेको एक्याप लोमान्थाङले जनाएको छ ।
त्यहाँ संकलन हुने फोहोरलाई बर्गिकरण गरेर व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख पौडेलको भनाई छ । लोमान्थाङको सरसफाई कार्यक्रममा विभिन्न निकायका एक सय त्रिचालिस जनाले श्रमदान गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी विश्व वातावरण दिवसको अवसर पारेर एक्याप जोमसोमले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । एक्याप जोमसोमका बनरेञ्जर दिपक ओलीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित ढुम्बा माथिको भाकन्चेमा दुई वटा गोब्रे सल्लाका विरुवा रोपण गरिएको छ । एक्याप जोमसोमको आयोजना तथा डिभिजन वन कार्यालय र संरक्षण व्यवस्थापन समितिको समन्वय र सहकार्यमा ढुम्बा माथिको भाकन्चेमा गोब्रे सल्लाका विरुवा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,आमा समुह र स्थानीय नागरिक गरी करिव ६० जनाले वृक्षारोपण कार्यक्रममा श्रमदान गरेको बन रेञ्जर ओलीको भनाई छ ।
मुस्ताङमा एक्याप जोमसोमले ग्रिन फोर्स गठन गरेका विद्यालयहरु समेतले विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । जनशान्ति माध्यमिक विद्यालय कागबेनीको ग्रिन फोर्समा आवद्ध विद्यार्थीहरुले कागबेनीमा अवस्थित श्राद्धस्थल र त्यसआसपासका क्षेत्रहरुमा सरसफाई गरेका छन् । उनीहरुले मुक्तिनाथबाट बग्ने कागखोला र कालिगण्डकी नदीको वरपर रहेको फोहोर संकलन गरी व्यवस्थापन गरेको क्याप जोमसोमको भनाई छ ।
ग्रिन फोर्स अन्तर्गत थासाङ—१ टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय र थासाङ—३ लेतेको ज्ञानोदय माध्यमिक विद्यालयको ग्रिन फोर्स विद्यार्थीहरुले सरसफाई तथा सचेतनामूलक कार्यक्रम गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली