ढुम्बा खोलामा लेदोसहितको बाढी, स्याउ बोटमा आशिंक क्षति

जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका—५ ढुम्बा खोलामा लेदो सहितको बाढी आउँदा त्यहाँ अवस्थित स्याउ बगैचामा आशिंक क्षति तुल्याएको छ ।

 त्यहाँ सोमबार बिहान (आज) करिव साँढे ८ बजेको समयमा अचानक ३५ सेकेन्डको लेदोसहितको बाढी आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिनुभयो ।

त्यहाँ अचानक छोटो समयको ढुम्बा खोलाको बाढीले हाईब्रिड स्याउ बिरुवा लगाईएको बगैचामा आशिंक क्षति हुन पुगेको प्रहरी निरीक्षक खत्रीले उल्लेख गर्नुभयो । अहिले ढुम्बा खोलाको बाहव सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

 घरपझोङ—५ ढुम्बा स्थानीय टसी गुरुङले सोमबार अचानक आएको बाढीले त्यहाँ बगरमा रोपण गरिएको स्थानीयको करिव दुई भन्दा बढी स्याउ बिरुवामा क्षति पुगेको बताउँनुभयो । ढुम्बा खोलाको बाढी त्यहाँको स्याउ बगैचामा पसेर दुई वषअघि रोपण गरिएका स्याउ विरुवा नष्ट भएको स्थानीय गुरुङले उल्लेख गर्नुभयो ।

यसअघि शुक्रबार दिउँसो त्यहाँको सोही खोलामा लेदो सहितको बाढी आउँदा जंगलमा च्याउ टिप्न जाने क्रममा खोला तर्दे गरेको अवस्थामा  बाग्लुङ निसीखोला गाउँपालिका—६ घर भई घरपझोङ—५ स्थित फेन्ताङ ईको ब्रो कृषि फार्ममा कार्यरत २३ वर्षीय युवकलाई बगाउँदा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी ,नेपाली सेना र एक्याप लगायतको प्रतिनिधिहरुले बेपत्ता युवकको खोजतलास गर्दा शनिबार उक्त युवकको शव घटनास्थलबाट पाँच सय मिटर तल खोलाको बगरमा भेटिएको थियो ।

 


प्रतिक्रिया