मुस्ताङको फल्याक र धार्काजुङमा सिंचाईको हाहाकार

जोमसोम ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँ कृषिको प्रसिद्ध हबको रुपमा लिने गरिन्छ । यहाँको पालिकामा १९ वटा गाउँ मध्ये सबैभन्दा धेरै स्याउ रोपण र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो । यहाँको उर्वरभूमीका किसानले स्याऊ उवा,फापर,आलु,बोडी, मकै,जौ लगायत हरियो ताजा तरकारी उत्पादन गरेर गतिलो आम्दानी गथ्र्ये ।

 तर, यतिबेला त्यहाँका दुई गाउँका स्थानीय किसानहरुलाई सिचाईको समस्या देखिन थालेको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकुल समयमा हिउँ नपर्दा सिचाईको मुहान विस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षत्र —५ अन्तर्गत धार्काजुङ  र फल्याकका किसान निकै चिन्तित देखिएका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाा अध्यक्ष रिङजीन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपरेकाले यहाँका सिचाई मुहान सुक्दै गएकाले यहाँका किसानमा निकै ठुलो समस्या र चुनौती थपिएको बताउँनुभयो ।यहाँ बर्सेनि अनुकुल समयमा हिउँ नपरेसम्म यहाँको सिंचाई समस्या झनझन् बढ्दै जान भएकाले यहाँका किसानका लागि यो निकै ठुलो चिन्ताको बिषय बनेको उल्लेख गर्नुभयो । ‘यहाँ आकासे वर्षाले सिचाईको समस्या टर्दैन, पर्याप्त सिचाईको लागि अनुकुल समय पर्याप्त हिउँ पर्ननै पर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो,‘ बढ्दो कार्वन उत्र्सजनले सृज्रित यहाँको समस्या एकदबै भयावह बन्नसक्ने जोखिम बढेको छ, यहाँ विस्तारै मुहान सुक्दै गईरहेकाले यहाँको खेतीयोग्य जमिनमा सिंचाईको अभाव देखियो ।’ 

गाउँपालिका अध्यक्ष गुरुङले जलवायु संकटको समस्याले सृज्रित यहाँको कृषि प्रणालीमा देखिएको चुनौतीहरु समाधान गर्न नया सिंचाईको मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताउँनुभयो । अध्यक्ष गुरुङले जलवायु संकटका कारण यहाँको पानीको स्रोत घट्दै गईरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिचाई हुने गरेकोमा अहिले दश प्रतिशत खेतीयोग्य जमिनमा सिचाई गर्न समेत धौ धौ भईसकेको बताउँनुभयो ।

वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार,साउन र भदौ महिनामा उच्च हुँने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको बताउँनुभयो ।यहाँको फल्याक र धार्काजुङ गाउँमा एक सय घरधुरीको बसोबार रहेको सबैले कृषि पेशा अंगालेको उल्लेख गर्नुभयो ।‘यहाँको जिविकोपार्जनको माध्यम भनेकै कृषि हो, कृषिका लागि चिचाई नभै हुँदैन,’ वडाध्यक्ष गुरुङले भने,‘ यहाँको सिचाईको लागि लुम्बुक खोलाको पानीनै मुख्य आधार हो, तर, अहिले त अचम्मै भयो, खोलाको पानी बढ्दै जानुपर्नेमा झनझन् सुक्दै जान थाल्यो ।’ वडाध्यक्ष गुरुङले सिचाईका लागि पर्याप्त पानी चाहिने भएपनि यसरी खोलानै सुक्दै थालेपछि यहाँका किसानले खेतीपाती गरेको व्यर्थ हुने जनाउनुभयो । वडाध्यक्ष गुरुङले लम्बुक खोलाको पानीबाट फल्याक र धार्काजुङका किसानले आलोपालो सिचाई गर्ने गरिएको बताउँनुभयो । वडाध्यक्ष गुरुङले यहाँ अनुकुल समयमा हिउँ नपरेकाले लम्बुक खोलामा स्रोत सुक्दै गईरहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका जलवायु संकटको समस्या समाधान गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताउँनुभयो ।

मुस्ताङको फल्याक र धार्काजुङ गाउँका स्थानीय किसान, गाउँमुखिया लगायत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ ।  त्यहाँको लुम्बुक झरना नजिक तीन वटा मुहान रहेपछि सबै मुहानको पानीको स्रोत घट्दै गईरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिनुभयो । उहाँले मुस्ताङमा लगातार तीन वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुई तिहाई बढीले सुक्दै गईरहेको उल्लेख गर्नुभयो ।


 त्यसो त लुम्बुक खोलामा आशिंक पानीको स्रोत देखिएपनि त्यहाँ खोलाको पानी जमिन मुनीबाट बग्न थालेपछि त्यहाँको फल्याक र धार्काजुङमा सिंचाईको समस्या थप चुनौती बन्दै जान थालेको छ । वारागुङ—५ धार्काजुङका स्थानीय किसान कोन्चोक गुरुङले सिचाई मुहान सुक्दै जान थालेपछि जनप्रतिनिधि लिएर मुहानको अवलोकन गरिएको बताए । कृषक गुरुङले मुहान अवलोकन गर्दा विगतका वर्षहरु भन्दा पानीको मात्रा निकै घटेकाले यहाँका दुई गाउँका किसानलाई सिंचाईमा समस्या पर्न थालेको बताए । कृषक गुरुङले यसरीनै बर्सेनि सिचाईको स्रोत सुक्दै गएमा केही वर्षभित्र यहाँको वस्ती विस्थापित हुने जोखिम रहेको सुनाउँनुभयो ।

फल्याक गाउँका स्थानीय राजु गुरुङले यहाँको लम्बुक खोलाको पानीले यहाँको दुई गाउँको सिचाई समस्या टरेकोमा पछिल्लो समय सिचाईमा समस्या देखिन थालेको बताउँनुभयो । उनले मुहान सुक्दै जान थालेपछि यहाँको कृषि प्रणालीलाई अघि बढाउन समस्या सृजना भएको बताउँनुभयो ।


मुस्ताङको फल्याक र धार्काजुङ गाउँमा एउँटै किसानले २५ ÷३० वटा खेतमा सिचाई गर्ने गरेकोमा पछिल्लो समय ४÷५ वटा खेतमा पनि सिचाई उपलब्ध गराउन धौ धौ भईरहेको छ । हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठुलो हुने स्थानीय बताउँछन् । मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहिन भएपछि यहाँ सिचाईको समस्या र चुनौती थपिएको हो ।

 मुहान अवलोकनमा पुगेका फल्याक र धार्काजुङका गाउँलेले शनिबार लूम्बुक गुफामा पुगेर सिचाईको स्रोत बढोस भन्दै धार्मिक पुजापाठ गरेका छन् । उनीहरुले अवलोकनका क्रममा आफ्ना कुल देउताको समेत पुजाआजा गरेका छन् ।


प्रतिक्रिया