६ महिनामा ५ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं - नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। सोमबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०र८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार नेपालमा पर्यटक आगमन बढेको देखिएको हो। 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०र८१ को पौष महिनासम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यो संख्या ३ लाख ८४ हजार मात्र रहेको थियो।


प्रतिक्रिया