आँधीखोला सहकारीको कोरलानाका अवलोकन भ्रमण

 आँधीखोला सहकारीको कोरलानाका अवलोकन भ्रमण

स्याङ्जाको आँधीखोला बहुउद्देश्य सहकारी संस्थाको टोलीले मुस्ताङको उत्तरी कोरलानाकाको अवलोकन भ्रमण गरेको छ । स्याङ्जा स्थित आँधीखोला गाउँपालिका—३ बिचारीचौताराको सहकारी टोलीले शुक्रबार पोखरादेखि जोमसोम हुँदै कोरलानाकाको अध्ययन अवलोकन भ्रमण गरेको हो ।

 सहकारीको झन्डै ४० जनाको पदाधिकारी तथा सदस्यहरुको सामुहिक टोलीले हिमालपारीको जिल्ला मुस्ताङको कृषि,पर्यटन र पशुपालन लगायतका विषयमा जानकारी लिने र कोरलानाका वस्तुगत अवस्थाको अवलोकन गर्ने उद्देश्यले मुस्ताङ आईपुगेको संस्थाका उपाध्यक्ष माधव क्षेत्रीले जानकारी दिनुभयो । झन्डै २ सय भन्दी बढी सियर सदस्य रहेको सहकारी संस्थाले मुस्ताङमा भईरहेको कृषि,पशुपालन र पर्यटन प्रणालीको यथेस्ट जानकारी लिदै स्थानीय स्तरमा त्यसको सम्भावनाको खोजी गरिने उपाध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो ।

सस्थाका अध्यक्ष बमबहादुर कार्कीले मुस्ताङमा भईरहेको कृषि ,पर्यटन र पशुपालनको विकास लोभलाग्दो रहेको बताउँनुभयो । धार्मिक स्थलको अवलोकन गर्न र यहाँ भईरहेका सम्भावनाको बारेमा पर्याप्त जानकारी लिने अवसर प्राप्त भएको अध्यक्ष कार्कीले जनाउँनुभयो 

 स्याङ्जा स्थित आँधीखोला बहुउद्देश्य सहकारी संस्थाले स्थानीय स्तरमा कृषि,पशुपालन र पर्यटन लगायतका क्षेत्रमा सरल कर्जा लगानी गर्दैआईरहेको सस्थाका सचिव जयनारायण सुवेदीले बताउँनुभयो । उहाँले आर्थिक बचतलाई मितव्ययी बनाउने र लगानी कर्ताका लागि आर्थिक श्रोत उपलब्ध गराउन संस्थाले योगदान गर्दैआईरहेको सचिव सुवेदीको भनाई छ ।


प्रतिक्रिया