जोमसोम—एपिवान टेलिभिजनद्धारा सुरु गरिएको चर्चित गायन रियालिटी शो नेपाल आईडलको पाँचौ संस्करणको अडिसन माघ २४ गते पोखराको छोरेपाटनमा हुँदै थियो । नेपाल आईडलको टोली गायन क्षेत्रमा रुचि भएका नयाँ प्रतिभाहरु खोज्दै झापाको बिर्तामोडदेखि विभिन्न सहरमा कार्यक्रम गर्दै पोखरा आईपुगेको थियो । पोखरामा आयोजित अडिसनको भीडमा देखिन्थे म्याग्दीका सन्तोष पुन ।
पोखरा गुप्तेश्वर महादेव बुहमुखी क्याम्पसको प्राङ्गणको अडिसनमा नाम दर्ता र प्रि—अडिसनका लागि लाईन बसेका म्याग्दीका सन्तोष निकै प्रफुल्लित देखिन्थे । गितारसहित लाईन बसेका उनी म्याग्दीको बेनीदेखि एक्लै अडिसनका लागि पोखरा आईपुगेको बताएका थिए । उनी भन्दै थिए,‘ कोभिडका कारण लकडाउन थियो,त्यही बेलादेखि संंगित साधनामा लागे, आज आफुलाई संगितको परिक्षण गर्न आएको हुँ,थाहा छैन पास हुन्छु वा फेल ।’ उनले त्यति बेला भनेका थिए,‘ नेपाल आईडल एउँटा प्रतिभा प्रस्फुटन गर्ने माध्यम हो,यसैका माध्यमबाट आफुलाई प्रमाणित गरेर देखाउन आतुर छु ।’
नभन्दै सन्तोषले नेपाल आईडलको प्रि—अडिसन राउण्डमा पास भए । उनले ३ स्थानमा भएको प्रि—अडिसनको राउण्ड पार गरे । अब उनी निर्णायकहरु न्ह्यु बज्रचार्य,ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटाको सामु फुल अडिसन राउण्डमा प्रमाणित गर्नु थियो । उनी त्यसका लागि तयारी अवस्थामा थिए ।
छोरेपाटनको प्रि—अडिसन सकेको नेपाल आईडल टोलीले माघ २६ गते पोखरा लेंक साईड स्थित होटल पौवाको अर्को एक सभाहलमा अडिसनको तयारीका लागि मञ्च सजावट भयो । दिउँसो २ बजेदेखि ढिलो गरी सुरु भएको अडिसन राति अबेरसम्म चल्यो । त्यहा म्याग्दीका सन्तोषले पुन आफ्नो गायन क्षमता प्रस्तुत गरे । त्यही अडिसनमा भएको छायांकन शुक्रबार एपिवान टेलिभिजनबाट प्रशारण भयो ।
सन्तोषले नेपाल अडिसनको क्रममा निर्णायक समक्ष ३ वटा गित प्रस्तुत गरे । उनले सुरुमा ‘रात कहिले कट्छ होला,भोली कहिले हुन्छनी’बोलको गित सुनाए । सन्तोष पहिलो प्रस्तुती सुनेपछि निर्णायक ईन्दिराले पोखरामा संगितको नयां टेस्ट आएको प्रतिक्रिया जनाईन् । निर्णायक बज्रचार्यले सन्तोषको स्वरलाई युनिक भएको टिप्पणी गरे । उनले भने,‘ भने यो आवाज तिम्रो हो भने यसलाई सधै जिवित राख्नुपर्छ ।’ उत्ति प्रतिक्रिया दिईसकेपछि निर्णायक बज्रचार्यले सन्तोषलाई अर्को एक गित पनि सुनाउन अफर गरे । सन्तोषले फेरी अर्को गित ‘तिम्रो ओठलाई छोएर‘बोलको गित सुनाए ।दोश्रो गित सुनाउँदै गर्दा अर्का निर्णायक कालीप्रसादले ताली बजाएर हौसला प्रदान गरे । निर्णाय बर्जाचार्यले यस्तो गायकी आफुले कमै मात्रै भेटेको भन्दै सन्तोषको स्वर एकदमै तारिफ योग्य भएको प्रतिक्रिया दिए । सन्तोषको स्वरले निर्णायकको मन लोभ्याएपछि कालीप्रसादले फेरी अर्को गित सुन्न मन लाग्यो भन्दै अनुरोध गरे । सन्तोषले तेस्रो गित ‘बुझाउन खोजे’ बोलको गित निर्णाय समक्ष सुनाए ।
सन्तोषले प्रस्तुत गरेका ३ वटा गित सुनेपछि तिनै जना निर्णायक आफु बसेको आसन छोडेर सन्तोष भएको स्टेजमा लम्किदै अंकमाल गर्दै उनको प्रस्तुतीको खोलेरै प्रशंसा गरे । सन्तोषलाई गोल्डेन माईक जितेको ईसारा गर्दै निर्णायकहरुले गोल्डेन माईक उठाउन निर्देशन दिए । सन्तोष खुसी हुँदै निर्णायक आसनमा राखिएको गोल्डेन माईक लिएर स्टेजतर्फ लम्किए । निर्णायक बज्रचार्यले भने‘यसपटकको सिजन ५ को नेपाल आईडल संस्करण सन्तोष तिमै कारणले ईज्यत बढ्ला जस्तो लाग्यो ।’ निर्णायक ईन्दिराले सन्तोषलाई हौसला थप्दै भनीन्,‘सन्तोष तिमी धरै माथि सम्म जान सक्छौै,यत्ति मात्रै होईन आईडलको टाईटलनै जित्नोस ।’
त्यसपछि ३ जना निर्णायकको सामु गोल्डेन माईकलाई माथि उचालेर खुसी हुँदै सन्तोष स्टेजबाट बाहिरिए ।
निकै छोटो अवधिमा निकै ठुलो संगित साधना गरिरहेका सन्तोष म्याग्दीको बेनीमा बस्छन् । उनको परिवारको बेनीमा व्यवसाय समेत छ । सन्तोषले नेपाल आईडलको पाँचौं संस्करणको अडिसन राउण्डमा आफुलाई अब्बल सावित गर्दै गोल्डेन माईक जितेपछि म्याग्दीमा उनका समर्थक खुसीले निकै उत्साहित भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता