यहाँ स्थित माथिल्लो मुस्ताङमा शुक्रबार दिउँसोदेखि बिद्युत सेवा अवरुद्ध भएको छ । दिउँसो ४.०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको हो ।
यहाँ स्थित बिद्युत वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले शुक्रबारको हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र—३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा बिद्युत सेवा अवरुद्ध भएको जनाएको छ । संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल—चिन कोरलानाकासम्मको ११ केभी बिद्युत प्रशारण लाईनमा हिमपात र वर्षाले प्रशारण लाईनमा प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।
कार्यालय प्रमुख थकालीले मौसममा सुधार हुने बित्तिकै बिद्युत प्रशारण लाईनमा देखिएको समस्यालाई आवश्यक मर्मत गरी पूनः बिद्युत प्रशारण सुचारु गरिने बताउँनुभयो । यसका लागि मौसममा सुधार हुने बित्तिकै मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ पठाईने जानकारी दिनुभयो ।
हिमपात र वर्षाले बिद्युत प्रशारण लाईनमा के कति क्षति भएको भन्ने जानकारी प्राप्त नभईसकेको कार्यालय प्रमुख थकालीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली