मुस्ताङमा संञ्चालित मदिरा डिस्टिलरी उद्योगहरुसंग कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङले सोमबार छलफल तथा अन्तरक्रिया गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको उपस्थितीमा मुस्ताङमा संञ्चालित डिस्टिलरी उद्योगसंग अवैध मदिरा नियन्त्रण,अन्त शुल्क स्टिकर व्यवस्थापन र संञ्चालित उद्योगहरुको अनुगमन तथा निरीक्षण गर्ने बिषयमा छलफल चलाईएको थियो ।
कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङको कार्यालयमा भएको छलफल तथा अन्तरक्रियात्मक बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ । बैठकले बजारमा देखिएका अवैंध मदिराहरुलाई नियन्त्रणका लागि सबै सरोकारवाला निकायहरुले आफ्नो ठाउँमा कार्य गर्ने र अवैध मदिरा बिक्री वितरण गर्ने गराउनेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको हो । कोष नियन्त्रक जब्बरबहादुर भण्डारीका अनुसार मार्फा शितोष्ण वागवानी विकास केन्द्रले उत्पादन गर्दै आईरहेको मदिरालाई बजारमा अवैध भन्न नसकिने अवस्था आएकाले त्यहाँ कार्यालयमा उत्पादन हुने मदिरालाई अन्त शुल्कमा ल्याउन आन्तरिक राजश्व कार्यालयसंग परामर्श गर्ने निर्णय गरिएको हो ।
यसैगरी जिल्ला र मित्र राष्ष्ट्र चीनको ब्यापारिक नाकाबाट पैठारी भएका मदिराको हकमा अवैध मदिरा भएकोमा नियन्त्रणका लागि सवै निकायले कार्य गर्ने कोष नियन्त्रक भण्डारीले बताए । जिल्लामा संञ्चालित मदिरा डिष्टिलरी उद्योगले अन्त शुल्क स्टिकर र निकासीको बिषयमा संञ्चालित उद्योगको स्थलगत निरीक्षण गर्ने र लागत हिसाब पेश गर्न पत्राचार गर्ने निर्णय भएको हो ।
अन्त शुल्क ईजाजत पत्र नलिएको तथा नविकरण नगरेका प्रतिष्ठानलाई अन्त शुल्कमा ल्याउन पहल गर्ने, स्थानीय तहमा संञ्चालनमा आएका ब्यापारिक प्रतिष्ठानलाई दर्ता गर्न,स्थायी लेखा नब्बर लिन । अन्त शुल्कको दायरामा ल्याउन स्थानीय तहहरुलाई पत्राचार गर्ने निर्णय भएको कोष नियन्त्रक भण्डारीको भनाई छ ।
यसैगरी अवैध मदिरा नियन्त्रण तथा अन्तःशुल्क व्यवस्थापनका लागि सबै निकायले साझेदारी रुपमा अनुगमन तथा निरीक्षणलाई नियमित र चुस्त बनाउने निर्णय गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली