काठको सुटकेश भित्र घरपझोङको ३९ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बुधबार अनुमानित बजेट खाँका सार्वजनिक ग¥यो । उपाध्यक्ष जमुना थकालीले  ३९ करोड १४ लाख बढीको प्रस्ताव बजेट गाउँसभाको १८ औं अधिवेशनमा सार्वजनिक गरिन् ।

उपाध्यक्ष थकालीले बजेट सार्वजनिक गर्नुअघिको पक्ष निकै रोचक बनेको छ । अधिकाँश स्थानीय तहको बजेट सार्वजनिक गर्नुअघि उपमेयर तथा उपाध्यक्षहरुले बजारिया तयारी रेडिमेट सुटकेश भित्र बजेट मस्यौदा रिवनले बाँधेर गाउँ तथा नगरसभामा उपस्थित हुने गर्छन ।तर,यहाँको घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकाली भने स्थानीय काठले बनेको सुटकेश भित्र बजेट मस्यौदा राखेर गाउँसभामा उपस्थित भईन् । रातो साडीको पोषाकमा देखिएकी उपाध्यक्ष थकालीले काठको सुटकेश समात्दै पालिका प्रहरीहरुको सुरक्षामा गाउँसभामा उपस्थित हुँदाको अवस्था भने निकै नौलो र रोचक बनेको छ ।

 काठको सुटकेश समात्दै गाउँसभामा उपस्थित उपाध्यक्ष थकालीले गाउँसभाको मुख्य आसनमा बसिन् । गाउँसभाको सभाध्यक्षता गरेका अध्यक्ष मोहनसिंह लालचनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष थकालीलाई बजेट प्रस्तुत गर्न सभाध्यक्ष लालचन अनुमति दिए ।

त्यसपछि  उपाध्यक्ष थकालीले काठको सुटकेश खोलेर बजेटको मस्यौदा लिई स्टेजमा उभिईन् । उपाध्यक्ष थकालीले काठको सुटकेश भित्र बजेट लिएर आउँदा गाउँसभाका सदस्यहरु दंग परे । सायद स्थानीय उत्पादनलाई उपाध्यक्ष थकालीले प्रवद्र्धन गरेको हुुनसक्ने गाउँसभाका सदस्यहरुले अनुमान गरे ।


प्रतिक्रिया