नेपाल—चिन उत्तरी कोरलानाका स्थित माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय चालु वर्षको चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैया राजश्व संकलन गरेको छ । गत भदौं ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले ६ महिना बढी अवधिमा उक्त राजश्व संकलन भएको हो ।
कोरलानाका पूर्ण रुपमा सञ्चालनमा आए यता भन्सार कार्यालयले उल्लेखित राजश्व संकलन हुँदा बाह्र अर्ब ३७ करोड ३० लाख बढीको मालबस्तु आयात÷निर्यात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । प्रमुख खड्का अनुसार कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएको ६ महिना बढी अवधिमा कोरलानाका हुँदै रु. बाह्र अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु. बिस करोड ३० लाख मूल्य बराबरको मालवस्तु चिनतर्फ निर्यात भएको हो ।
कोरलानाका पूर्ण रुपमा सञ्चालन भएदेखि यता हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा बिद्युतीय सवारी साधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउँनुभयो । यसैगरी मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालबाहक कन्टेनरहरुको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ६६९ वटा मालबाहक कन्टेनर चिनतर्फमा आयात गरिएका र एक सय ३५ वटा मालबाहक कन्टेनर नेपालबाट चिनतर्फ निर्यात भएको हो।
कोभिड—१९ अघि यहाँको कोरलानाका माथिल्लो मुस्ताङ स्थित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सीमावर्ती क्षेत्रका नागरिकहरुका लागि मात्रै बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि अल्पकालिन अन्दरदेशीय ब्यापार मेला चल्ने गथ्र्यो । चिन पक्षले सीमावर्ती क्षेत्रका लागि आफ्ना भूमीमा दैनिक उपभोग्य मालवस्तु किनमेलका लागि हाटबजार चलाउने गरेको थियो । कोभिड—१९ को माहामारी हुँदा यहाँको नेपाल—चिन कोरलानाका चिनले एक पक्षिय रुपमा लगातार चार वर्षसम्म पूर्ण रुपमा कोरलानाकाको ढोका बन्द गरेका थियो ।
बर्सेनि अल्पकालिन ब्यापार मेलाको रुपमा सांस्कृतिक रुपले चल्दै आईरहेको यहाँको कोरलानाका वि.स. २०८० साल कार्तिक २७ गते सीमावर्ती क्षेत्रका बासिन्दाका लागि बाह्रै महिना खुल्ला गरेको थियो । तर, माथिल्लो मुस्ताङका बासिन्दाको सहजताका लागि खुल्ला गरिएको कोरलानाका पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन । गत असार÷साउन महिनामा बाढी पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई बैकल्पिक नाकाको रुपमा प्रयोग गरिएको थियो ।
यस लगत्तै नेपाल सरकार भन्सार विभागले बैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रुपमा संञ्चालन गराएको थियो । बर्सेनि १०÷१५ लाख रुपैया आर्थिक राजश्व संकलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजश्व संकलन गर्न सफल भएको हो ।
कोरलानाका पूर्ण रुपमा सञ्चालनमा आएको सुरुवाती चरणको केही महिना मुस्ताङ भन्सार कार्यालयले उल्लेखनीय रुपमा भन्सार राजश्व संकलन गरेको भएपनि जनवरी एक देखि तातोपानी नाका र रसुवागढी नाका संञ्चालनमा आएकाले कोरलानाकाबाट आयात÷निर्यात न्यून रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली