जोमसोम—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय मिनबहादुर श्रेष्ठसहितको जम्बो टोली आईतबार राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकको स्गलगत अनुगमन गर्दै जोमसोम आईपुगेको छ ।
ठुला आयोजनाको अनुगमन तथा सहजीकरण निर्देशिका २०८० को उपदफा ४ बमोजिम कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकको नतिजामूलक अनुगमन गर्न योजना आयोगका उपाध्यक्षसहितको टोली मुस्ताङ आएको हो ।
नतिजामूलक स्थलगत अनुमगन समितिले राष्ट्रिय गौरवको आयोजनामा देखिएका समस्या र चुनौतीहरुको एकिन गरी ठोस कार्ययोजना निर्माण गर्ने उद्देश्यले योजना आयोगका उपाध्यक्षसहितको जम्बो टोली बेनी—जोमसोम सडकको अनगुमन गर्दै जोमसोम आईपुगेका े हो ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङसंग सीमाना जोडिएको कोरलानाकासम्मको सडक अनुगमनका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसहित प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव र सहसचिव लगायतको टोली सम्मिलित छन् । कोरला सडक अनुगमन अघि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय गौरवको कोरला सडकको बिषयमा बृहत अन्तरक्रियाँ गरिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित म्याग्दी,बाग्लुङ र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु अन्तरक्रियाँमा पुगेका थिए । यसैगरी धौलागिरिका ४ जिल्लाका संघ तथा प्रदेश सांसद,जिसस म्याग्दी,सुरक्षा निकाय,कोरला सडक आयोजना, कोरला सडकमा काम गरिरहेका सबै निर्माण कन्ट्रक्सन र सरोकारवालाहरुबीच अन्तरक्रियाँ गरिएको थियो । म्याग्दीमा आयोजित अन्तरक्रियाँमा मुस्ताङका प्रजिअ जनकराज पन्तले कोरला सडकमा देखिएका बेथिती,ढिलासुस्ती र चुनौतीका बिषयमा राष्ट्रिय योजना आयोगको ध्यानआर्कषण गराएको जानकारी दिए ।
कोरला सडकका आयोजना प्रमुख धुब्र झाले योजना आयोगका उपाध्यक्षसहित मन्त्रालयका उच्चपदस्थ व्यक्तिहरु कोरला सडक अनुगमन गरिरहेको जानकारी दिए । उनले यस अघि कोरला सडकको सामान्य सडक अनुगमन हुने गरेको भएपनि अहिलेको स्थलगत अनुगमन नतिजामूलक परीणाम निकाल्ने गरी भएको दावी गरे ।
‘उहाँहरु कोरला सडक अनुगमनका लागि आउनु भएको छ, उहाँहरु गौरवको सडकको अनुगमन तथा सहजीकरणका लागि हो, आयोजना प्रमुख झाले भने,‘ कोरला सडक अनुगमनपछि यहाँ देखिएका समस्या र चुनौतीको बारेमा थाहा हुन्छ , त्यसपछि कार्ययोजनासहित कोरला सडकको कामले गति लिन्छ ।’ उनले सोमबार जोमसोमबाट कोरलानाकासम्मको सडक अनुगमन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
भारतीय नाकाबन्दीपछि २०७३÷०७४ सालदेखि सुरु गरिएको बेनी—जोमसोम—कोरला सडकको पछिल्लो भौतिक प्रगती ८२ प्रतिशत र वित्तिय प्रगती ७८ प्रतिशत रहेको छ । आयोजना अन्तर्गत हालसम्म कोरला सडकमा ७ अर्ब ५ करोड ७ लाख ४८ हजार खर्च भैईसकेको छ । आव २०८०÷०८१ सम्म आयोजनालाई ८ अर्ब ३८ करोड बजेट विनियोजन भएको थियो ।
आयोजनाद्वारा हालसम्म ९ वटा पुल र ३ वटा बेलिब्रिज निर्माण सम्पन्न भईसकेको छ । सडकतर्फ जोमसोम—कोरला ६ वटा ग्राभेल सडक र बेनी—जोमसोम अन्तर्गत बेनी—मालढुंगा र कैकु—खन्ती सडक आयोजनालाई हस्तान्तरण भईसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता