जोमसोम ।
पोखरा—जोमसोम हवाई सेवा दुई महिनापछि पुन ः संञ्चालनमा आएको छ । बर्खायामको मनसुनसंगै हवाई यात्रुको चाप घट्दै गईरहेको र प्रतिकुल मौसमको कारण पोखरा—जोमसोम हवाई सेवा दुई महिनादेखि बन्द भएको थियो ।
यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनी यति एयरलाईन्सको भगिनी संस्था तारा एयरलाईन्स कम्पनीले असार २ गतेदेखि र समिट एयरलाईन्सले असार २० गतेदेखि पोखरा—जोमसोम हवाई उडान स्थगित गरेका थिए ।
यहाँ पर्यटकीय नयाँयाम सुरु भएसंगै निजी वायुसेवा कम्पनीहरुले पोखरा—जोमसोम उडान भर्न सुरु गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ पोखरा—जोमसोम हवाई उडानका लागि समिटि एयरलाईन्सको टुईनेटर जहाजले आईतबार (आज)देखि उडान भर्न सुरु गरेको बताउँनुभयो । मनसुनको समाप्तिसंगै आज पहिलोदिन समिट एयरलाईन्सको जहाजले पोखरा—जोमसोम दुई वटा उडान भरेको कार्यालय प्रमुख पोखरेलको भनाई छ । आजको सुरुवाती उडानको पहिलोदिन ३६ जना हवाई यात्रु लिएर समिटको जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको बताउँनुभयो ।
‘बर्खायामको समाप्तिसंगै अब विस्तारै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीययाम सुरु भईसकेको छ, निजी वायु सेवा कम्पनीले पनि उडान भर्न सुरु गरिसकेका छन् र गर्ने क्रममा छन्,’ उहाँले भन्न
भयो,‘ तारा एयरलाईन्सको जहाजले पनि सेप्टेम्टर ७ अर्थात एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ, हेलि उडानको संख्याको पछि बढ्दै जान थालेको छ ।’ कार्यालय प्रमुख पोखरेलले आईतबार मात्रै मुस्ताङमा तीन वटा हेलिकम्पनीहरुले ८ वटा उडान गरेको जानकारी दिनुभयो ।कार्यालय प्रमुख पोखरेलले यहाँ अनुकुल मौसममा समिट र ताराको टुईनेटर जहाजले उडान भर्दै आईरहेकोमा केही समय भित्रै सिता एयरलाईन्सको जहाजले पनि पोखरा—जोमसोम हवाई उडान सेवा सञ्चालन गर्ने जनाएको उहाँले उल्लेख गर्नुभयो ।
यता, तारा एयरलाईन्सका जोमसोम स्टेशन ईञ्चार्ज सुजन लालचनले तारा एअरको जहाजले पनि केहीदिनमा उडान भर्ने कार्यतालिका रहेको बताउँनुभयो ।उहाँले सेप्टेम्बर ७ तारिखमा तारा एयरलाईन्सले उडान संञ्चालन गर्ने जनाउँनुभयो ।
मुस्ताङमा नेपाल वायुसेवा कम्पनीको टिकट बुकिङ काउन्टर संञ्चालनमा रहेपनि उक्त कम्पनीले विगत ५ वर्षदेखि पोखरा—जोमसोम रुटमा कुनै उडान भर्न सकिरहेको छैन ।
मुस्ताङमा पर्यटकीय याम सुरु भएको र निजी वायु सेवा कम्पनीले पनि यहाँ उडान भर्न सुरु गरेका दुई महिनादेखि सुनसान बनेको जोमसोम विमानस्थलमा पर्यटकीय चहल पहल बढेको छ । यहाँ हवाई सेवा सञ्चालनमा आएसंगै यहाका पर्यटन व्यवसायी समेत उत्साहित भएको होटल मेजस्टीको प्रोपाईटर निसान तुलाचनले बताउँनुभयो । बर्खायाम सकिएकाले सडकमार्गबाट पर्यटकहरु यहाँ आउने क्रम बढेको र हवाई सेवा सञ्चालनले मुस्ताङको पर्यटन व्यवसाय चलायमान हुन थालेको पर्यटन व्यवसायी तुलाचनको भनाई छ ।
मुस्ताङमा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक गरी सात लाख बढी पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । जसमध्ये डेढ लाख बढी सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।—
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली