मुस्ताङ सदरमुकाम जोमसोममा सरकारी कार्यालय जाने बाटोमा आरसिसी सडक सहज बन्दै जान थालेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम अवस्थित सरकारी कार्यालय जाने बाटोमा आरसीसी सडकको योजना अघि बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोलेनिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास, एक्याप, परियोजना कार्यान्वयन इकाइ, डिभिजन वन, भेटेरिनरी अस्पताल, हुलाक, सिँचाई, दुरसञ्चार, निर्वाचन कार्यालय र स्वास्थ्य कार्यालय जोड्ने बाटोमा पूर्वाधार विकास कार्यालयका अख्तियारीमा आरसिसी सडक निर्माणधिन अवस्थामा छ ।
सरकारी कार्यालय जाने बाटो गत वर्ष सालबसाली योजनामा रहेकोमा त्यसलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुवर्षीय ठेक्का स्वीकृत गरेको थियो । बर्सेनि सालबसाली ठेक्काले लक्ष्य अनुसार काम नहुने भएकाले कार्यालय मार्फत बहुवर्षीय ठेक्का स्वीकृत गरिएको थियो ।
जोमसोम स्थित सरकारी कार्यालय जाने निर्माणधिन आरसीसी सडकलाई गत वर्ष ३० लाख बजेट बिनियोजन भएको थियो । बहुवर्षीय ठेक्कामा गएको सरकारी कार्यालय जाने बाटोको ठेक्का सम्झौता लागत १ करोड ६ लाख २१ हजार छ । बहुवर्षीय ठेक्कामा लैजान पूर्वाधार विकास कार्यालयले सालबसाली ठेक्काको ५ गुणा वृद्धि गर्न पाउने प्रावधान अनुसार सरकारी कार्यालय जाने सडक बाटोको लागत अनुमान वृद्धि भएको थियो ।
सदरमुकाम जोमसोम स्थित सरकारी कार्यालय जाने सडक बाटोको आरसीसी सडक तथा आवश्यक स्तरोन्नतिका लागि जिरेश्वर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । गत वर्ष ठेक्का सम्झौता भएको सरकारी कार्यालय जाने आरसिसी सडकको सम्पन्न म्याद चालु आ.व.को जेठ १८ सम्म छ ।
पूर्वाधार विकास कार्यालयले पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयदेखि जोमसोम कभर्ड हलसम्म ३ सय ३२ मिटर आरसीसी सडक विस्तार गर्ने गरी निर्माणको काम सुरु गरेको कार्यालयका सूचना अधिकारी घनश्याम रोक्कामगरले जानकारी दिनुभयो । आरसीसी सडकको दुईतर्फ गरी ४ सय १५ मिटरमा नाली निर्माण हुनेछ । सडक चौडासँगै आरसिसी बन्ने र दुवैतर्फ छपनी ढुंगा बिच्छ्याइनेछ । आरसिसी ढलान ६ मिटर चौडा हुनेछ ।
योजनाको पछिल्लो भौतिक प्रगति ६५ प्रतिशत छ । निर्वाचन कार्यालयदेखि जोमसोम कभर्ड हलसम्मको दुरीका आरसीसी गरिने योजनाका लागि बजेट अपुगका कारण कार्यालयको अन्य योजनाको रकमान्तरबाट बजेट खर्चिएर तोकिएको समयमै आरसीसी सडक निर्माणकार्य सम्पन्न गरिने सूचना अधिकारी रोक्कामगरको भनाइ छ ।
हाल जोमसोम स्थित निर्वाचन कार्यालयबाट पूर्वाधार विकास कार्यालयसम्मको बाटोमा आरसीसी सडक निर्माण सकिएको र सडकको दाँयाबाँया छप्पनी ढुंगा बिच्छ्याउने काम बाँकी रहेको सूचना अधिकारी रोग्गामगरले बताउनुभयो । उहाँका अनुसार जेठ महिना भित्रै बाँकी रहेको ३५ मिटर बाटोमा आरसीसी सडक विस्तार सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रोग्गामगरले जनाउनुभयो । प्रतिकुल मौसमका कारण अत्यधिक चिसोले गर्दा आरसीसी सडक पुसदेखि रोकिएकोमा केहीदिन भित्रै सूचारु हुने उहाँले जानकारी दिनुभयो ।
मुस्ताङका सरकारी कार्यालय जाने कच्ची बाटोमा आरसीसी सडक निर्माण अन्तिम चरममा पुगेसंगै जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरुलाई निकै सहज हुने पूर्वाधार विकास कार्यालयका प्रमेुख अजय श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि जोमसोम पक्की पुलदेखि जिल्ला निर्वाचन कार्यालयसम्मको करिब ३ सय मिटरसडकमा गण्डक प्रदेश सरकारको बजेटबाट चरणवद्ध रुपमा पूर्वाधार विकास कार्यालयले आरसिसी सडकसहितको सडक मर्मत तथा स्तरोन्नति गरिसकेको थियो ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता