मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु

मुस्ताङ,१८, फागुन ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—२ खन्तीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । 

म्याग्दीको बेनीबाट जोमसोमतर्फ आउँदै गरेको ग ७ प १४८६ नम्बरको  मोटरसाईकल आईतबार साँझ ६ ः ४० बजे अचानक अनियन्त्रित भई दुर्घटना हुँदा मुस्ताङको घरपझोङ—२ बस्ने ३२ वर्षीय सुनिल घतानेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

  यसअघि मोटरसाईकल दुर्घटनामा परी घाईते भएका घतानेलाई प्रहरी चौकी कोवाङका सुरक्षाकर्मी लगायतको सहयोगमा प्रदेश अस्पताल जोमसोम पु¥याईएको थियो । घाईते युवा घतानेलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया