निलगिरि हिमनदी खोंचमा सेनासहितको संयुक्त सुरक्षाकर्मीद्वारा संयुक्त खोज तथा उद्दार अभ्यास

यहा स्थित नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार उच्च उचाईको निलगिरि हिमालको हिमनदीी खोंचमा संयुक्त खोज तथा उद्दार अभ्यास गरेको छ । ईन्द्रबक्स गणद्वारा आयोजित अभ्यासको दोस्रो तथा अन्तिमदिन मुस्ताङको घरपझोङ—५ ड्रम क्याम्प माथिको निलगिरि हिमालको फेदीमा सफलतापूर्वक सेना,सशस्त्र र प्रहरीले संयुक्त खोज तथा उद्दार अभ्यास सम्पन्न गरेका हुन् ।

प्रतिकूल मौसम र हिमपातकाबीच निलगिरि हिमनदी खोजमा फेसेका  ईन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिक टोलीले खोज तथा उद्दारको नमूना अभ्यास गरेका थिए । सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका सुरक्षाकर्मीले खोज तथा उद्दार अभ्यासको प्राविधिक दक्षता हासिल गरेका छन् ।

 ईन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडका अनुसार मुस्ताङ र मनाङका करिव ५५ जना भन्दा बढीले उच्च उचाईको खोज तथा उद्दार अभ्यासमा सहभागिता जनाएका हुन् । २३ नंं. बाहिनी अड्डा बाग्लुङका बाहिनीपति  सहायक रथि विजय केशीको उपस्थितीमा समून्द्री सतहको ४३ सय मिटरको उच्चउचाईमा अवस्थित निलगिरि हिमनदी खोंचमा नेपाली सेनासहितको टोलीले विपद् प्रतिकार्यका लागि संयुक्त खोज तथा उद्दार अभ्यास गरेको हो ।

 अभ्यास स्थलमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी  सुशिल प्याकुरेल र ईन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँड लगायतको उपस्थित रहेको थियो । नेपाली सेनाको यसप्रकारको अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म हेडक्वाटर जोमसोम ,जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हिमाली क्षेत्रको उच्च उचाईको क्षेत्रमा गरिने खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने र नेपाली सेनालाई खोज तथा उद्दार कार्यको क्षमता अभिवृद्ध गर्ने उद्देश्यले उच्च उचाईको खोज तथा उद्दारको नमूना अभ्यास कार्यक्रम आयोजना गरिएको ईन्द्रबक्स गणले जनाएको छ ।

विगतमा हुडहुड चत्रवातको कारणले यहाँको कैसाङ हिमनदी ईलाकामा ठुलो संख्यामा पर्यटकहरु अत्यधिक हिमपात र हिम आँधीमा फसेको परिदृष्यलाई आधार बनाएर मुस्ताङका अन्य सुरक्षा निकाय,स्थानीय तह,विभिन्न संघसंस्था तथा अन्य सरोकारवाला निकायहरुलाई सहभागि गराई खोज तथा उद्दार अभ्यास सम्पन्न गरिएको हो ।

खोज तथा उद्दार अभ्यासकार्यमा डोरीको सहायताले झुन्डियर खोंचमा फसेको मृत लाश र अर्को खोंचमा फेसेका पदयात्री पर्यटकको डोरीको सहायताले साहसिक रुपमा बाहिर निकालेर उद्दार गरिएको कृतिम नमूना अभ्यास गरिएको थियो । 

 कैसाङ हिमनदी क्षेत्रको उच्चउचाईमा हराएर बेपत्ता भएका पर्यटक पदयात्रीहरुको खोजीकार्यका लागि नेपाली सेनाका दुई वटा तालिम प्राप्त कुकुरहरु प्रयोग गरिएको थियो ।

यसअघि यहाँको ईन्द्रबक्स गणले खोज तथा उद्दार अभ्यासको पहिलोदिन मुस्ताङको जोमसोम स्थित सैनिक क्याम्प नजिकैको विशाल रक पहाडमा खोज तथा उद्दार अभ्यास गरेको थियो ।


प्रतिक्रिया