जोमसोम—नागरिकको जन गुनासो र सुझाव संकलन गर्न मुस्ताङ प्रहरीले शनिबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा नागरिक सुनुवाई गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुस्ताङले नागरिक सुनुवाई गरेको हो ।
जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको प्रमुख आतिथ्यता तथा प्रनाउ भोजराज पाण्डेयको अध्यक्षतामा कागबेनी स्थित समाजघरमा आयोजित नागरिक सुनुवाईमा स्थानीय नागरिकले विभिन्न जिज्ञासा राखेका थिए । कागबेनी धार्मिक तथा पर्यटकीय गाउँको रुपमा चर्चित छ । स्थानीय स्तरमा मौलारहेका बेथिती,बिकृति,बिसङ्गती र प्रहरी कार्यसम्पादन तथा स्थानीय जनताप्रतिको धारणा,प्रहरी निकायले ध्यान दिनुपर्ने सुझाव तथा नागरिकले अपनाउनु पर्ने पूर्व सजगता र होसियारी लगायतका बिषयमा नागरिक सुनुवाईमा चर्चा गरिएको थियो । नागरिक सुनुवाईमा प्रहरी र नागरिकहरुले भयरहित समाज र समाजलाई अग्रगामी दिशातर्फ उन्मुख गराउने संम्भावित अपराध न्यूनिकरणमा चनाखो रहनु पर्ने औल्याइएको छ ।
नागरिक सुनुवाईमा प्रनाउ पाण्डेयले जिल्ला प्रहरी कार्यालय मुस्ताङले गरेका क्रियाकलापका बिषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा ८० जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा प्रहरीले समुदाय प्रहरी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दैआईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता